काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान रेको छ ।
आयोगले शुक्रबार सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको हो ।
आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।
आयोगले यही मङ्सिर २४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गर्नेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आगामी फागुन २१ गते हुने निर्वाचनको मिति आउन अब अब ९० दिन बाँकी छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ ।
आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभाको निर्वाचनको तयारी पनि गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...
मंसिर २० गते, २०८२ - ११:३०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...




प्रतिकृया लेख्नुहोस्: