Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

जनताकाे मुक्ति, पहिचान र अधिकारका लागि नेकपा: नेपाल

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिको आकर्षण तीव्र रुपमा बढिरहेको दाबी गरेका छन् ।

जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभामा सम्बोधन गर्दै उनले एसिड पीडित मुस्कान खातुन जस्ता सचेत, सक्रिय र मुद्दामुखी युवाहरू पार्टीमा प्रवेश गरेको उदाहरण प्रस्तुत गरे । उनका अनुसार देशभर विभिन्न ठाउँका थुप्रै जेनजी युवाहरू नेतृत्व र जिम्मेवारीसहित नेकपामा जोडिँदैछन्, जसले पार्टीप्रति नयाँ पुस्ताको आशा र भरोसा प्रकट गर्दछ ।

नेपालले जेनजी पुस्ताले उठाएका मागहरू न्यायसंगत र समय–सापेक्ष रहेको उल्लेख गर्दै ती मागहरू सम्बोधन गर्न, सामाजिक समानता र समृद्ध राष्ट्र निर्माणका लक्ष्य पूरा गर्नकै लागि नेकपा निर्माण भएको बताए । उनले देश समृद्ध बनाउन राजनीतिक, सामाजिक र वर्गीय रूपमा सबै नेपाली एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

जनकपुर र सिरहा आफ्नो ‘मामाघर’ रहेको उल्लेख गर्दै उनले धनुषा–मधेशका गाउँ–बस्ती, जनजीवन र समस्याहरू आफूलाई राम्ररी थाहा रहेको बताए । मधेशको मुक्ति, पहिचान र अधिकारका लागि नेकपाले निरन्तर सङ्घर्ष गरिरहेको र यही सङ्घर्षले अन्ततः सबैलाई वास्तविक मुक्ति दिलाउने दाबी उनले गरे । साथै दलित, मुस्लिम, ज्येष्ठ नागरिक र पछाडि पारिएका वर्गका लागि आफ्नो पार्टी लगातार आवाज उठाउँदै आएको उनको भनाइ थियो ।

नेपालले जनकपुरको सम्मान, पहिचान र विकासका लागि नेकपाले देखाएको प्रतिबद्धता उल्लेखनीय रहेको बताए । रोजगारीको अभावमा कुनै नेपाली युवाले विदेशिनु नपरोस्, शिक्षा–स्वास्थ्य सबैको पहुँचमा होस् र देशभित्रै सम्मानजनक रोजगारीका अवसर विस्तार होस् भन्ने उद्देश्यले विभिन्न कम्युनिस्ट शक्तिहरू एकीकृत भएको उनले स्पष्ट पारे ।

उनका अनुसार यही साझा उद्देश्य र वैचारिक स्पष्टताका कारण देशभर नेपालीहरूको विश्वास र आकर्षण नेकपातर्फ बढ्दो छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE