Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

बैतडी कांग्रेसले छान्यो प्रतिनिधिसभा सदस्य उम्मेदवार, सभापति चन्दले पाए शतप्रतिशत मत

खबरडबली संवाददाता

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ । 

शनिबार बैतडी सदरमुकाममा सम्पन्न  जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । 

पार्टीको केन्द्रीय निर्देशन अनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुङ्गिएपछि मत विभाजनबाट चयन गरिएको हो ।प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि ६ जना आकाङ्क्षी बीच प्रतिष्पर्धा भएको थियो ।

 जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधिहरू गरी उपस्थित ७३ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । मत सर्वेक्षणमा आकाङ्क्षी ६ जना मध्ये कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दले ७३ मत ल्याएर शतप्रतिशत प्राप्त गरेको छन् । 

पुर्व जिल्ला उप सभापति तथा पुर्व जि।वि।स उप सभापति विष्णु दत्त जोशीले ४५ मत प्राप्त गरेको छन् ।  यस्तै महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले ६ मत प्राप्त गरे भने जिल्ला उपसभापति वीरबहादुर बिष्टले ४ मत र प्रदेश सदस्य तेजबहादुर चन्दले ३ मत प्राप्त गरे।

महिलातर्फ जानकी भट्टमात्रै आकाङ्क्षी देखिएकाले उहाँको नाम सिफारिस गर्ने निर्णय भएको जिल्ला कार्य समितिका सचिव देवराज जोशीले बताए।

यस्तै समानुपातिकतर्फ एकजनाको नाम सिफारिस गर्नुपर्नेमा देवु ठगुन्ना र कान्ता चन्द आकाङ्क्षी भएपछि मत विभाजन गरिएको थियो । 

मत विभाजन अनुसार कान्ता चन्दले ४५ मत र देवु ठगुन्नाले २५ मत प्राप्त गरेको छन् । अब कान्ता चन्दको नाम समानुपातिकतर्फ सिफारिस गरिने सचिव जोशीले बताए ।

यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, पूर्व महाधिवेशन प्रतिनिधि सुरेन्द्रबहादुर चन्द र नेता प्रताप ठगुन्नाको नाम सिफारिस गर्ने निर्णय भएको बताए।

शनिबार जिल्ला समन्वय समितिको बैतडीको सभाहल गढीमा बैठक बसेको हो । दिउँसो १ बजे सुरु भएको बैठकमा जिल्लाभरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

मत सर्वेक्षणको जिम्मेवारी पाउनुभएका नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष गणेशसिंह भण्डारीले तीन घण्टासम्म आकाङ्क्षी बीच सहमति जुटाउने प्रयास सफल नभएपछि केन्द्रको निर्देशन अनुसार मत विभाजन गरिएको बताए। 

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारका लागि नाम सिफारिस गर्ने पर्ने केन्द्रीय कार्यसमितिको गरेको परिपत्र अनुसार नेपाली कांग्रेस बैतडीले वृहत बैठक आयोजना गरेको पार्टीका जिल्ला कार्यसमिति सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए। 

कांग्रेसका केही महाधिवेशन प्रतिनिधि तथा सदस्यहरूले भने आफू र निकटका आकाङ्क्षीले उम्मेदवार सिफारिसमा मत कम पाए पछि  असन्तुष्टि जनाएको छन् ।

सहमतिबाटै उम्मेदवारको नाम टुङ्गो लगाउन पर्ने भन्दा पनि मतदान प्रक्रियामा गएर मतदान गरेपछि  आफूहरूको असहमति रहेको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए। उनीहरूले निर्वाचनबाट उम्मेदवार सिफारिस गर्ने कामलाई अलोकतान्त्रिक भएको तर्क गरेको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending