बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ ।
शनिबार बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुङ्गिएपछि मत विभाजनबाट चयन गरिएको हो ।प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि ६ जना आकाङ्क्षी बीच प्रतिष्पर्धा भएको थियो ।
जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधिहरू गरी उपस्थित ७३ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । मत सर्वेक्षणमा आकाङ्क्षी ६ जना मध्ये कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दले ७३ मत ल्याएर शतप्रतिशत प्राप्त गरेको छन् ।
पुर्व जिल्ला उप सभापति तथा पुर्व जि।वि।स उप सभापति विष्णु दत्त जोशीले ४५ मत प्राप्त गरेको छन् । यस्तै महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले ६ मत प्राप्त गरे भने जिल्ला उपसभापति वीरबहादुर बिष्टले ४ मत र प्रदेश सदस्य तेजबहादुर चन्दले ३ मत प्राप्त गरे।
महिलातर्फ जानकी भट्टमात्रै आकाङ्क्षी देखिएकाले उहाँको नाम सिफारिस गर्ने निर्णय भएको जिल्ला कार्य समितिका सचिव देवराज जोशीले बताए।
यस्तै समानुपातिकतर्फ एकजनाको नाम सिफारिस गर्नुपर्नेमा देवु ठगुन्ना र कान्ता चन्द आकाङ्क्षी भएपछि मत विभाजन गरिएको थियो ।
मत विभाजन अनुसार कान्ता चन्दले ४५ मत र देवु ठगुन्नाले २५ मत प्राप्त गरेको छन् । अब कान्ता चन्दको नाम समानुपातिकतर्फ सिफारिस गरिने सचिव जोशीले बताए ।
यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, पूर्व महाधिवेशन प्रतिनिधि सुरेन्द्रबहादुर चन्द र नेता प्रताप ठगुन्नाको नाम सिफारिस गर्ने निर्णय भएको बताए।
शनिबार जिल्ला समन्वय समितिको बैतडीको सभाहल गढीमा बैठक बसेको हो । दिउँसो १ बजे सुरु भएको बैठकमा जिल्लाभरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
मत सर्वेक्षणको जिम्मेवारी पाउनुभएका नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष गणेशसिंह भण्डारीले तीन घण्टासम्म आकाङ्क्षी बीच सहमति जुटाउने प्रयास सफल नभएपछि केन्द्रको निर्देशन अनुसार मत विभाजन गरिएको बताए।
प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारका लागि नाम सिफारिस गर्ने पर्ने केन्द्रीय कार्यसमितिको गरेको परिपत्र अनुसार नेपाली कांग्रेस बैतडीले वृहत बैठक आयोजना गरेको पार्टीका जिल्ला कार्यसमिति सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए।
कांग्रेसका केही महाधिवेशन प्रतिनिधि तथा सदस्यहरूले भने आफू र निकटका आकाङ्क्षीले उम्मेदवार सिफारिसमा मत कम पाए पछि असन्तुष्टि जनाएको छन् ।
सहमतिबाटै उम्मेदवारको नाम टुङ्गो लगाउन पर्ने भन्दा पनि मतदान प्रक्रियामा गएर मतदान गरेपछि आफूहरूको असहमति रहेको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए। उनीहरूले निर्वाचनबाट उम्मेदवार सिफारिस गर्ने कामलाई अलोकतान्त्रिक भएको तर्क गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: