काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको थुनछेक बहस विशेष अदालतमा जारी छ। न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बहस सञ्चालन भइरहेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा गत बुधबार अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूलाई हेलिपोर्ट निर्माणका क्रममा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याएको आरोप छ।
अख्तियारले अधिकारीसहित ६ जना व्यक्तिलाई प्रतिवादी बनाउँदै परामर्शदाता कम्पनी र त्यसका सञ्चालकहरूमाथि पनि मुद्दा दायर गरेको छ। साढे १७ करोड लागत अनुमानमा निर्माण गरिएको हेलिपोर्ट हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोमिटर पूर्वमा रहेको उक्त हेलिपोर्टलाई ०८१ असार ७ गते व्यावसायिक सञ्चालनका लागि खोलिएको थियो।
अख्तियारका अनुसार स्थान अनुपयुक्त, असुरक्षित र सञ्चालनयोग्य नभएको अवस्थामा लाभ–लागत विश्लेषणविना अस्वाभाविक रूपमा रकम खर्च गरी आयोजना अघि बढाइएको छ। कानुनी प्रक्रिया नपालेको, बदनियतपूर्ण रूपमा काम अघि बढाएको तथा अनेकौं प्रक्रियागत त्रुटि भएको ठहर अख्तियारले गरेको छ। उद्देश्यअनुरूप हेलिपोर्ट सञ्चालनमा नआएकाले सार्वजनिक सम्पत्तिको दुरुपयोग प्रमाणित भएको आयोगको निष्कर्ष छ।
मुद्दामा प्रतिवादी बनाइएकामध्ये महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई अख्तियारले पक्राउ गरी अदालतमा उपस्थित गराइसकेको छ। प्राधिकरणका प्रबन्धक नलविक्रम थापा, उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापा पनि प्रतिवादी छन्।
सबै प्रतिवादीविरुद्ध जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको संयुक्त बिगो दाबी गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: