Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस जारी

खबरडबली संवाददाता

काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको थुनछेक बहस विशेष अदालतमा जारी छ। न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बहस सञ्चालन भइरहेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा गत बुधबार अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूलाई हेलिपोर्ट निर्माणका क्रममा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको आरोप छ।

अख्तियारले अधिकारीसहित ६ जना व्यक्तिलाई प्रतिवादी बनाउँदै परामर्शदाता कम्पनी र त्यसका सञ्चालकहरूमाथि पनि मुद्दा दायर गरेको छ। साढे १७ करोड लागत अनुमानमा निर्माण गरिएको हेलिपोर्ट हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोमिटर पूर्वमा रहेको उक्त हेलिपोर्टलाई ०८१ असार ७ गते व्यावसायिक सञ्चालनका लागि खोलिएको थियो।

अख्तियारका अनुसार स्थान अनुपयुक्त, असुरक्षित र सञ्चालनयोग्य नभएको अवस्थामा लाभ–लागत विश्लेषणविना अस्वाभाविक रूपमा रकम खर्च गरी आयोजना अघि बढाइएको छ। कानुनी प्रक्रिया नपालेको, बदनियतपूर्ण रूपमा काम अघि बढाएको तथा अनेकौं प्रक्रियागत त्रुटि भएको ठहर अख्तियारले गरेको छ। उद्देश्यअनुरूप हेलिपोर्ट सञ्चालनमा नआएकाले सार्वजनिक सम्पत्तिको दुरुपयोग प्रमाणित भएको आयोगको निष्कर्ष छ।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई अख्तियारले पक्राउ गरी अदालतमा उपस्थित गराइसकेको छ। प्राधिकरणका प्रबन्धक नलविक्रम थापा, उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापा पनि प्रतिवादी छन्।

सबै प्रतिवादीविरुद्ध जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको संयुक्त बिगो दाबी गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending