Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

महोत्तरीको बर्दिबास चुरे क्षेत्रमा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइमा फैलिएको चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ। ३० किलोमिटरभन्दा बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको अवलोकनकर्ताहरूले बताएका छन्।

बर्दिबास–३ राइमण्डलस्थित गिद्ध बासस्थानको अवलोकनपछि चरा संरक्षण नेपालका प्रतिनिधि ईश्वरी चौधरीले बर्दिबासको चुरे क्षेत्र प्राकृतिक पर्यटनको भण्डार रहेको बताए। उनले राइमण्डलडाँडाको गिद्ध बासस्थान संरक्षणका लागि मुख्यतया आहाराको व्यवस्थापनमा जुट्न नगरपालिकालाई सुझाव दिए। राइमण्डलडाँडाको गिद्धबास, मध्य पाषाण युगकालीन हतियार कारखाना, सोलीघोप्टेडाँडाको जडीबुटी भण्डार, सुन्तला/जुनार फल्ने चनौटेडाँडा र यहाँका प्राचीन धार्मिकस्थलहरू पर्यटकीय विकासका लागि महत्वपूर्ण आधार रहेको अवलोकनकर्ताको भनाइ छ।

धनुषाको कल्चर भिलेज संस्थाका संस्थापक देवनारायण मण्डलले बर्दिबासको चुरे क्षेत्रमा लोपोन्मुख गिद्धसहित अनेकौँ चराचुरुङ्गी र बाघ, हरिन, मृग, घोरल, नीलगाई र बँदेलजस्ता वन्यजन्तुको बाक्लो बासस्थान रहेको बताए। उनले पुरातात्विक महत्वका हतियार कारखानाका अवशेष र महाभारतकालीन जनश्रुतिका धार्मिकस्थललाई पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्नेमा जोड दिए।

नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीका अनुसार पर्यटकीय सम्भावना पहिल्याउन र योजनाबद्ध काम अघि बढाउन नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ। समितिका अध्यक्ष हीरालाल गौतमले पुरातत्वविद्बाट मध्य पाषाण युगकालीन हतियार कारखानाको प्रारम्भिक अन्वेषण सम्पन्न भइसकेको र यहाँ १० हजार वर्ष पहिलेको ढुङ्गे हतियार बन्ने ठाउँ रहेको निष्कर्ष आएको बताए।

गिद्ध संरक्षण तथा पर्या पर्यावरण प्रवर्द्धन उपसमितिका संयोजक विशाल बस्नेतले गिद्धको आहाराको दिगो व्यवस्थापनका लागि समुदायसँग छलफल भइरहेको र छिट्टै काम अघि बढाउने तयारीमा रहेको जानकारी दिए। 

दुई वर्षअघि बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा भएका चुरे पदयात्राले राइमण्डलडाँडामा गिद्धको समूह देखेदेखि नै यस क्षेत्रमा चासो बढेको थियो। स्थानीय बासिन्दाहरूले अब तीनै तहका सरकारले योजनाबद्ध रूपमा पर्यटन विकासको काम अघि बढाउनुपर्ने माग गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE