Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । 

पार्टीभित्र नेतृत्व संकट, स्पष्ट राजनीतिक लाइनको अभाव र निर्णयहीनताले छटपटिएको कांग्रेस अब संसद् पुनर्स्थापनाको मुद्दा लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन तयारीमा छ  । तर यो कदमले नै कांग्रेसलाई झनै अलमलिएका, दिशाहीन शक्तिको रूपमा प्रस्तुत गरिदिएको छ भन्ने विश्लेषण बढ्दै गएको छ ।

पछिल्लो घटनाक्रमअनुसार कांग्रेसका पूर्वप्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित विघटित प्रतिनिधिसभाका ७ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट सर्वोच्च अदालतमा पेस गराएका छन् । पूर्वमहान्यायाधिवक्ता खम्म खातीमार्फत दर्ता प्रक्रिया अघि बढाइएकाले रिट सोमबार औपचारिक रूपमा दर्ता हुने बताइएको छ ।

यसअघि नेकपा एमालेले पनि संसद् पुनर्स्थापनाको माग गर्दै रिट दर्ता गराइसकेको छ । तर कांग्रेसको कदमलाई भने राजनीतिक वृत्तमा ‘अस्थिर चरित्र’ को अर्को प्रमाणका रूपमा हेरिएको छ । कारण स्पष्ट छ । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार कांग्रेसकै प्रत्यक्ष र परोक्ष सहयोगमा आयो, र सोही सरकारबाट प्रतिनिधिसभा विघटन सिफारिस भएको थियो, जसलाई राष्ट्रपतिले सदर पनि गरे । अहिले आएर सोही निर्णयविरुद्ध कांग्रेसका नेताहरू रिट बोकेर सर्वोच्चमा धाउनु नै पार्टीभित्र रणनीतिक अस्पष्टता र राजनीतिक दोधारेपनको पराकाष्ठा मानिएको छ ।

सर्वोच्च प्रशासनका अनुसार विघटनसम्बन्धी एमालेका र सार्वजनिक सरोकारका १७ रिट पहिले नै विचाराधीन छन् । अदालतले सबै रिटलाई एउटै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश देइसकेको अवस्थामा कांग्रेसको नयाँ रिटले कानुनी भार मात्र बढाउने र राजनीतिक रूपमा कांग्रेसलाई ‘के चाहिएको स्पष्ट छैन’ भन्ने सन्देश दिने विश्लेषण छ ।

राजनीतिबिद्हरू भन्छन्— “विघटनमा भूमिका हुने, त्यसपछि पुनर्स्थापनाका लागि रिट दर्ता गर्न धाउने—यही हो कांग्रेसको दिशाहीनता ।”

यसरी कदम–कदममा बेग्ला–बेग्लै धार र निर्णय निकाल्दै जाने प्रवृत्तिले कांग्रेस अहिले पनि देशको अस्थिरतामा योगदान दिइरहेको, र विकल्प दिन नसक्ने कमजोर शक्तिका रूपमा उभिन लागेको टिप्पणी बढ्दै गएको छ ।

कांग्रेस नेतृत्वले स्पष्ट लाइन नटोक्दै सर्वोच्च–संसद–सडकबीच डुलिरहेकाले यसले जनतामाझ पार्टीको विश्वसनीयता र राजनीतिक स्थैर्यप्रतिको प्रतिबद्धतामा गम्भीर प्रश्न उठाइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending