काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले साविकको विजेता जनकपुर बोल्ट्सलाई तीन रनले पराजित गर्यो ।
एक सय ३० रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२६ रनमा रोकियो । जनकपुरका लागि सन्जय कृष्णमूर्तिले सर्वाधिक ५१ रन योगदान दिए । संगीत कोरेले २५, कप्तान जोन निकोल लफ्टी इटोनले १३ तथा माज सदाकतले १२ रन जोडे ।
कर्णालीका बलर विलियम वसिस्टोले उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए भने मार्क वाट, पवन सरार्फ, सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट झारे। प्रभावशाली प्रदर्शनका लागि वसिस्टो ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १२९ रन बनायो । कर्णालीका इमरन शेखले ३३ रनको योगदान दिए भने गुल्शन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पान्चलले १६, विलियम वसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन जोडे ।
जनकपुरका बलरमध्ये ललित राजवंशी र आदित्य महताले दुई–दुई विकेट लिए । त्यस्तै, संगीत कोरे, माज सदाकत र अनिल शाहले एक–एक विकेट हात पारे ।
पहिले नै प्लेअफ दौडबाट बाहिरिएका दुवै टिमका लागि खेल प्रतिष्ठाको मात्र थियो । जितसँगै सात खेलबाट चार अंक जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा रह्यो भने साविक विजेता जनकपुर दुई अंकसहित अन्तिम स्थानमा रह्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: