काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी काम गर्न नसक्ने बताएका छन् ।
नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान)ले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनीहरूले ‘ब्राण्ड एम्बेसडर’का रूपमा रहेका ‘क्याविन क्रु’को व्यवहारले संस्थाको साख पनि प्रदर्शन हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले परिचारिकाको हकहितका सवालमा सक्दो सहयोग गर्ने बताए । उनले परिचारिकाको व्यवहारले नै विमान सेवाको प्रतिष्ठा प्रदर्शन हुने उल्लेख गर्दै मन्त्रालयले कर्मचारीको हितका साथै उड्डयन क्षेत्रमा सुधारका काम थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निगमका महानिर्देशक अमृतमान श्रेष्ठले संस्थाभित्रका समस्यालाई लिएर आरोप प्रत्यारोपमा लाग्नुभन्दा सबै मिलेर समाधानमा लाग्नुपर्नेमा जोड दिए । उनले उडान सेवामा महत्त्वपूर्ण भूमिका भएका परिचारिकाको अवकास उमेर हदको माग सम्बोधन गर्न निगमले गृहकार्य गरिरहेको बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा लिली थापाले महिला परिचारिकाका समस्या र चुनौतीबारे कमै मात्र बहस हुने गरेको बताउँदै यो मुद्दा परिचारिका वा व्यवस्थापनको मात्र नभई आमनागरिकको भएको उल्लेख गरिन् ।
माइती नेपालका संस्थापक एवं अभियन्ता अनुराधा कोइरालाले नेपालका परिचारिकाको व्यवहार तुलनात्मक निकै राम्रो रहेको बताउँदै उनीहरूको हितका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गराउनुभयो । उहाँले समाजमा विभिन्न किसिमका लैङ्गिक विभेद रहेको भन्दै यस्ता विभेदविरुद्ध सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्नेमा समेत जोड दिइन् ।
एसोसिएसनका अध्यक्ष प्रजिता कार्कीले हवाई सेवा सुधार, निगमको विकास र सुधारमा क्याविन क्रुको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको व्यापक सुधार, विकास र विस्तार हुनु जरुरी रहेको भन्दै उनले ‘ब्राण्ड एम्बेसडर’का रूपमा रहेका ‘क्याविन क्रु’ स्वयम्ले भने विभिन्न असमानता र भेदभाव भोग्नु परिरहेको गुनासो गरिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: