पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् ।
मन्त्री गौतमले साेमबार यहाँस्थित नारायणी अस्पतालको अनुगमन गर्दै अस्पतालको संरचना जीर्ण हुँदै गइरहेकाले पनि निर्माणका लागि सङ्घीय सरकारले प्राथमिकतामा राखेको बताएकी हुन् ।
“अस्पताल भवन निर्माणमा भइरहेको समस्यालाई बुझेर सहरी विकास तथा भवन निर्माण विभागसँग समन्वय गरी निर्माणमा देखिएको जटिलता फुकाउने प्रयास गर्नेछौँ,” उनले भनिन्, “अस्पताल भवन निर्माणका लागि गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कनको आवश्यक प्रक्रिया टुङ्गो लगाएर आगामी आवको बजेटमा बजेट राखेर आवश्यक प्रक्रिया अघि बढाउनेछौँ ।”
मन्त्री गौतमले नारायणी अस्पतालको संरचनालाई जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने आवश्यता भएकाले पनि तदारुकताका साथ अघि बढाइने जिकिर गरिन् ।
मन्त्री गौतमले नेपाल सरकारको लगानी र प्रथामिकतामा स्वास्थ्य क्षेत्र परेको बताउँदै पर्सा जिल्लामा पर्याप्त स्रोतसाधन हुँदा पनि स्वास्थ्य क्षेत्र पछाडि परेको विषय सोचनीय भएको पनि बताइन् । मन्त्री गौतमले अस्पतालमा रहेका चिकित्सक तथा नर्सिङ स्टाफको दरबन्दी पनि वृद्धि गर्ने योजना रहेको बताइन् ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डडेन्ट (मेसु) डा चितरञ्जन साहले अस्पतालको सेवा प्रवाहसम्बन्धी विस्तृत रुपमा जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...
मंसिर २३ गते, २०८२ - १८:०३
झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको ...
मंसिर २३ गते, २०८२ - १८:००
काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ । नेपाली समाजको छायाँमा रहेर बाँ...
मंसिर २३ गते, २०८२ - १७:५६
उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-३ मा घर छेउकाे नालीमा डुबेर दुई वर्षकाे एक नाबलककाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्ट...
मंसिर २३ गते, २०८२ - १७:४६
जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पा...
मंसिर २३ गते, २०८२ - १७:४४
बैंकक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखे...




प्रतिकृया लेख्नुहोस्: