सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
साढे तीन वर्षको अवधीमा जिल्लाबाट हराएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमध्ये एक सय ११ जना अहिलेसम्म फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले लैङ्गिक हिंसाविरुद्ध आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९, ०७९/०८०, २०८०/०८१ र चालु आ.व. २०८२/०८३ को हालसम्म हराएका १११ जना फेला पर्न नसकेको प्रहरी निरीक्षक अनिल साहले जानकारी दिए।
उनले मात्रै यो तीन वर्षमा ४२६ जना हराएकोमा ३६१ जना भेटिएको र ६५ जना अझै नभेटिएको बताए ।
यस अवधिमा ४६ जना बालक हराएकोमा ३९ जना भेटिएको र सात जना नभेटिएको, १५२ जना बालिका हराएकोमा ११९ जना भेटिएको, २११ जना महिला हराएकोमा १९५ जना भेटिएको र नै जना ज्येष्ठ नागरिक हराएकोमा आठ जना भेटिएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
यस्तै, चालु आ.व. २०८२/८३ को साउनदेखि अहिलेसम्म १३९ जना हराएकोमा ८० जना भेटिएको र ४६ जना अझै फेला पर्न सकेको छैन । यसरी ६५ जना र ४६ जना गरी एक सय ११ जना अझै बेपत्ता छन् ।
यस अवधीमा १० जना बालक हराएकोमा ८ जना फेला परेको, ५२ जना बालिका हराएकोमा ३२ जना भेटिएको, ६१ जना महिला हराएकोमा ३१ जना भेटिएको, १४ जना पुरुष हराएकोमा ८ जना भेटिएको र दुई जना ज्येष्ठ नागरिक हराएकोमा एक जना भेटिएको कार्यक्रममा गरिएको तथ्याङ्कमा उल्लेख छ ।
प्रमुख अतिथि निवर्तमान प्रतिनिधिसभा सदस्य रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीमा पाँच महिनामा ९५ वटा महिला हिंसाका उजुरी परेको बताइएको छ ।
जिल्ला प्रहरीका अनुसार चालु आ.व.को साउनदेखि अहिलेसम्म ९५ वटा उजुरी पर्दा ७० वटाको मिलापत्र गराइएको र २५ वटा सम्पर्कमा नआएकाले बाँकी रहेको हो ।
यस अवधीमा घरेलु हिंसासम्बन्धी १४ वटा निवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमा परेको छ । त्यसमध्ये १२ वटाको मिलापत्र गराइएको र २ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १७:२४
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...


प्रतिकृया लेख्नुहोस्: