Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

खबरडबली संवाददाता

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । 

पूर्वी नवलपरासी जिल्ला विभाजित भएपछि कारागारविहिन जिल्लाका रुपमा रहेको र यहाँको जिल्ला अदालतले दोषी ठहर गरेका अभियुक्तहरुलाई चितजन र परासी कारागार पठाइने गरेकोमा जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते दुबै कारागारबाट नवलपुर जिल्ला अदालतमा मुद्धाबाट सँजाय पाएका एक सय तीन जना कैदी भोगेकामा अहिलेसम्म ४८ लाई पक्राउ गरेर पुन कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युुवराज खड्काले बताए। 

कारागारबाट भागेका कैदीहरुलाई उनीहरुको घरमा नै पुगेर कारागारमा आत्मसर्मपण गर्न आग्रह गरिए पनि सँजाय पाएर कारागारको कैद भूक्तान गरिरहेका अझै ५५ कैदी पूर्वी नवलपरासीबाट सम्पर्कविहिन भएका र उनीहरुको खोजी कडाईका साथ भैरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। 

भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन पटक पटक परिवारलाईसमेत आग्रह गरिए पनि ५५ कैदी अझै फरार अवस्थामा रहेकाले उनीहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको र त्यस क्रममा आठ जना पुन समातिएको र धेरै अझै फरार सूचिमा रहेका खोजी कार्यलाई तीब्रता दिइएको प्रहरी उपरीक्षक खड्काले बताए। 

कारागार नभएका कारण कैदीलाई अदालतले सँजाय सुनाएपछि चितवनको भरतपुर र पश्चिम नवलपरासीको परासी कारागार पठाइने गरेको र ती सबै कैदी आन्दोलनका कारण कारागार तोडेर भागेका र भाग्ने क्रममा प्रहरीले अहिलेसम्म ४८ लाई पक्राउ गरेर कारागार चलान गरेको र ५५ जनाको खोजी तीब्र पारिएको प्रहरी उपरीक्षक खड्काले बताए । 

जिल्लाको सदरमुकाम कावासोतीमा अहिले कारागार निर्माण भैरहेको र निर्माण सम्पन्न भएपछि अन्यत्र जिल्लाका कारागारमा कैदी बन्दी पठाउन नपर्ने अबस्था छिट्टै आउने प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

राप्रपाको काठमाडौंमा वृहत् विरोध प्रदर्शन: नवीन समझदारीका लागि दबाब

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...

रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमा २०२५

पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending