Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

खबरडबली संवाददाता

सिन्धुली । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जुनारको प्रचारप्रसार र पक्की सडक निर्माणको आवश्यकतालाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा किसानहरुले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवका अवसरमा कृषक र विज्ञबीच बगैँचामा जुनार प्रवर्द्धनसम्बन्धी छलफल हुनेछ । उद्घाटन सत्रमा सहभागी जनप्रतिनिधिले किसानका समस्या समाधानमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । नेपालको पहिचानको रुपमा उत्पादन भइरहेको जुनारको बजारसम्म पहुँच विस्तार गर्न केन्द्रीय सरकारसँग उनीहरुको आग्रह छ ।

गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार–सुन्तलाले पहेँलपुर छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीकारुपमा लगाएपछि त्यस क्षेत्रका बगैँचा जुनार–सुन्तलाले ढाकेका हुन् ।

परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा १० गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन् ।

यसवर्ष जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रुपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले बताए । 

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ । गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ ।

सरकारी आँकडाअनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१/८२ मा करिब रु ३४ करोडको जुनार बिक्री भएको छ । किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो रु ५० देखि ६० सम्ममा बिक्री गर्दै आएको जुनार बजरमा प्रतिकिलो रु ८० देखि १०० मा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

गोलञ्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीका अनुसार सो पालिकाबाट अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट रु ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बिक्री भएको छ । जिल्लाबाट समग्रमा ३६ करोड ६४ लाख १० हजारको कारोबार भएको देखिन्छ ।

जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्क भन्दा दोब्बर अर्थात करिब रु ७५ करोड मूल्य बराबरको वार्षिक कारोबार हुने जनाएको छ । सिन्धुलीमा जुनार खेती निकै पहिलेदेखि हुँदै आइरहेको छ । जिल्लाभरमा एक हजार १०० हेक्टरमा जुनार खेती छ ।

व्यावसायिक जुनार खेती ७५० हेक्टर क्षेत्रफलमा छ । हावापानीका हिसाबले गोलञ्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ । गोलञ्जोरमा मात्रै पनि एक हजार हेक्टरमा जुनार छ । व्यावसायिक खेती भने करिब ७०० हेक्टरमा भइरहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

सिन्धुलीका जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पुग्ने गरेको छ । ‘सुपरजोन’ कार्यालयमार्फत जुनार÷सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार, यान्त्रीकरणका लागि सहयोग पाइरहेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बाटो र बजारीकरण मुख्य समस्याका रुपमा रहेको बताए । 

उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीदेखि बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक करिडोरलाई कालोपत्रे गर्न सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सिन्धुलीको महाभारत क्षेत्रका युवालाई जुनार÷सुन्तला खेतीले केही हदसम्म रोजगारी प्रदान गरेको छ । एक जना किसानको बगैँचामा एक हजार ७०० सम्म जुनारका बोट छन् । एउटा बोटबाट अधिकतम् रु २१ हजारसम्मको फल बिक्री भएको तथ्याङ्क छ ।

पछिल्लो समय टाढा–टाढाबाट जुनार÷सुन्तला खेती हेर्न र यससम्बन्धी अध्ययन गर्ने आउनेको सङ्ख्या बढेसँगै ग्रामीण पर्यटन प्रवद्र्धनको सम्भावनासमेत बढेको छ । गोलञ्जोरमा उत्पादन भएका जुनारका कारण फलफूल व्यापारी र अन्य व्यवसायीको आर्थिक उन्नति देखिएको छ ।

जुनार गुणस्तरका हिसाबले टिप्ने मौसम मङ्सिर–पुस भए पनि कात्तिकदेखि फागुनसम्म बोटमा रहने फल हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विगतमा कम उचाइमा फल्ने यो फलले अग्गो ठाँउतिर सर्दै गएको छ ।

जिल्ला जुनार सहकारी सङ्घका अध्यक्ष निर्मल रम्तेलले यसवर्षको महोत्सव सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जानकारी दिए। जुनार खेती प्ररवर्द्धनका लागि प्रविधि हस्तान्तरण र चिसान केन्द्र निर्माण भइरहेको छ । जुनारबाट जुसलगायत २१ प्रकारका परिकार बन्छ ।

अहिले आठ सयदेखि एक हजार मिटरसम्मको उचाइमा लागेका दाना दसैँतिहारमै खान योग्य हुन्छ भने त्यो भन्दामाथिको मङ्सिर, पुस र माघसम्म रहन्छ । रुखबाट टिपेर चिस्यान केन्द्रमा राखेको जुनार सुन्तला वैशाखसम्मै रहन्छ ।

सिन्धुलीमा नयाँ प्रविधियुक्त करिब १५ वटा चिस्यान केन्द्र छन् । ती सबैमा गरी करिब एक हजार २०० मेट्रिकटन जुनार भण्डारण गरेर राख्न सकिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

युरोपेली सङ्घका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान

लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending