दोलखा । दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गत निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
सुरुङमार्गमा काम गर्दै आएका ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ घर भएका ३९ वर्षीय शुक्रबहादुर राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए ।
राई सोमबार सुरुङभित्र ड्रिल खोप्ने क्रममा अचानक लडेर घाइते भएका थिए । लडेर उनी करिब ५ मिटर तल पुगेको प्रहरीले जानकारी दिएको छ ।
घाइते भएका उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा ल्याइएको थियो । उनको आज बिहान मृत्यु भएको प्रहरीको भनाइ छ । राईको शव परीक्षणका लागि पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा राखिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...
मंसिर २४ गते, २०८२ - १७:५७
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुए...




प्रतिकृया लेख्नुहोस्: