Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

दक्षिण कोरियाका राष्ट्रपति ऐतिहासिक ‘ब्लू हाउस’मा फर्कने प्रक्रिया सुरु

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उनको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक कामकारबाही सञ्चालन गर्ने भएको छ। यसका लागि सरकारले राष्ट्रपतिको कार्यालयसँग समन्वय गरी प्रक्रिया सुरु गरेको छ।

“उहाँका पूर्ववर्ती युन सुक योलले भवनलाई ‘साम्राज्यवादी’ अवशेष भएको भन्दै कार्यालयलाई अन्यत्र सारी त्यहीँबाट राष्ट्रपतिको रूपमा सेवामा सरिक हुँदै आउनुभएको थियो,” एक अधिकारीले मङ्गलबार बताए।

कोरियन भाषामा च्योङ वा डे भनिने ब्लू हाउसको छतमा करिब एक लाख ५० हजार हातले रङ्गिएको नीलो टाइलहरूले सजिएको छ र यो दक्षिण कोरियाली राष्ट्रपतिसँग लामो समयदेखि सम्बन्धित छ।

पहिले जापानको उपनिवेशकालीन शक्तिका प्रतिनिधिहरूले यसलाई ओगटेको थियो र यो स्थलले सात दशकसम्म दक्षिण कोरियाका राष्ट्रप्रमुखलाई सेवा गर्ने अवसर दिएको थियो।

पूर्व राष्ट्रपति युनले यसलाई आफ्नो घर र कार्यालयको रूपमा प्रयोग नगर्ने निर्णय गर्दै यसलाई सार्वजनिक सङ्ग्राहलयका रूपमा खुला गरी सट्टामा अलग स्थानमा सरेका थिए ।

अप्रिलमा असफल र छोटो ‘मार्शल ल’ लागू गरेपछि पदबाट हटाइएको थियो । त्यसको केही महिनापछि दक्षिण कोरियाली मतदाताहरूले नियमित समयअगावै गरिएको निर्वाचनमा राष्ट्रपतिका रूपमा लीलाई निर्वाचित गरेका थिए।

लीले निर्वाचित भएमा राष्ट्रपति कार्यालय र आवास दुवै ब्लू हाउसमा फर्काउने प्रतिज्ञा गरेका थिए । यो प्रक्रिया सोमबार सुरु भएको थियो र क्रिसमससम्म पूरा गरिने उनको कार्यालयले एएफपीलाई जनाएको छ।

सुरक्षा कारणले राष्ट्रपति आफ्नो नयाँ आवासमा आधिकारिक रूपमा सर्न केही समय लाग्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघिका शासकहरूलाई परेको दुर्भाग्य, हत्या, महाभियोग र जेल सजायले पनि योगदान पु¥याएको ब्लू हाउस लामो समयदेखि सार्वजनिक चासोको विषय रहँदै आएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: