अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौं विद्यार्थी र शिक्षकहरूलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककारीहरूबाट कम्तिमा १०० जना विद्यालय विद्यार्थीहरू उद्धार गरिएको पुष्टि गरेका छन्।
विज्ञप्ति जारी गर्दै राष्ट्रपति टिनुबुले स्थानीय सुरक्षा एजेन्सीहरूलाई राज्यको पापिरी क्षेत्रमा नोभेम्बर–२१ मा भएको आक्रमणपछि अझै पनि बन्दी बनाइएका अन्य पीडितहरूलाई उद्धार गर्ने प्रयास जारी राख्न निर्देशन दिएका छन् ।
यस अघि, सुरक्षा बलले घटनाको केही दिन पछि आक्रमणमा अपहरण गरिएका ३१५ विद्यार्थी र शिक्षकहरू मध्ये कम्तीमा ५१ जनालाई उद्धार गरेको थियो ।
“नाइजर राज्यको क्याथोलिक स्कुलबाट १०० जना विद्यार्थीहरू सुरक्षित फर्केको बारेमा मलाई जानकारी दिइएको छ, म गभर्नर उमर बागोसँग खुसी छु र दुर्भाग्यपूर्ण घटना पछि विद्यार्थीलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ता सुरक्षा एजेन्सीहरूले गरेको दृढ कार्यको प्रशंसा गर्दछु” टिनुबुले भने ।
यसै विच अपहरण गरिएका सबै विद्यार्थीहरूलाई उनीहरूका परिवारसँग पुनर्मिलन गर्ने प्रयास सरकारले जारी राख्ने राष्ट्रपतिले अभिभावकहरूलाई आश्वासन दिएका छन् । उनले सुरक्षा फौजलाई देशभरबाट अपहरण गरिएका सबै विद्यार्थी र अन्य नाइजेरियालीहरूलाई उद्धार गरी सुरक्षित घर ल्याउन निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् ।
उनले सबै पीडितहरूको एकिन गरी नाइजेरियाली सरकारले विद्यालयहरू सुरक्षित गर्न र युवाहरूका लागि सुरक्षित र अनुकूल सिक्ने वातावरण सिर्जना गर्न काम जारी राख्ने विश्वास पनि दिलाएका छन् ।
टिनुबुले अब देखि सुरक्षा एजेन्सीहरूलाई ३६ वटै राज्यका गभर्नरहरूसँग मिलेर भविष्यमा हुने अपहरणहरू रोक्नका लागि रोकथामका उपायहरू अपनाउन निर्देशन दिएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...
मंसिर २४ गते, २०८२ - १७:५७
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुए...
मंसिर २४ गते, २०८२ - १७:५५
पेरिस । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मङ्गलबार जानकार...
मंसिर २४ गते, २०८२ - १७:५२
इन्डोनेसिया । इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी “टेरा ड्रोन” को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय ...
मंसिर २४ गते, २०८२ - १७:४९
काठमाडाैं । चेलिबेटी बेचबिखनमा २० वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विरगञ्ज नगरपालिका १९ का ४५ वर्षीय सुरेश प्रसाद कलवारलाई प्रहर...




प्रतिकृया लेख्नुहोस्: