काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।
बाह्य रूपमा एकता सन्देश सभा देशभर चलिरहेका भए पनि आन्तरिक रूपमा पद–जिम्मेवारीको व्यवस्थापन, संरचनागत मिलाप र १० भन्दा बढी घटक दलको समायोजन प्रमुख चुनौती बनेका छन् ।
कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका वामपन्थी समूहहरूलाई एकीकृत गर्दै ‘नेकपा’को घोषणा गरिएको थियो । सोही दिन प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजकका रूपमा औपचारिक रूपमा टुंग्याइए पनि केन्द्रीय समिति पूर्णता, प्रदेश–जिल्ला संरचना र जनवर्गीय संगठनहरूको समायोजन अझै आरम्भिक चरणमै छ ।
नेतृत्व छ तर संरचना अधूरो
साबिक एकीकृत समाजवादीका उपाध्यक्ष एवं वार्ता टोली सदस्य प्रकाश ज्वालाका अनुसार एकता सन्देश सभा चलिरहेका कारण वास्तविक समायोजन कार्य पुस ५ पछि मात्र स्पष्ट रूपमा अघि बढ्नेछ ।
डेव गुरुङ नेतृत्वको माओवादी–तर्फको वार्ता टोली पनि ‘वरिष्ठता, तहअनुसारको जिम्मेवारी’ मापदण्डलाई नै मुख्य आधार बनाउँदै समायोजन गर्नुपर्नेमा जोड दिइरहेको छ ।
१० भन्दा बढी घटक दल, १९ सय नजिकै केन्द्रीय समिति
नेकपा गठनमा जोडिएका दलहरूको संख्या ठूलो भएकाले केन्द्रीय समिति नै १९ सय सदस्यको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । यद्यपि अन्तरिम विधानमा केन्द्रीय कार्यकारी समिति ६०१ सदस्यीय हुने व्यवस्था छ । यसले ‘संरचना कति ठूलो ? कसरी व्यवस्थापन गर्ने ?’ भन्ने बहसलाई पार्टीभित्र बढाएको छ ।
विधानअनुसार ‘सहमतिको बाटो’
अन्तरिम विधानले केन्द्रदेखि वडा तहसम्म संयोजक/सहसंयोजक, इन्चार्ज/सहइन्चार्जको संयोजनमार्फत नेतृत्व बाँडफाँड गर्ने उल्लेख गरेको छ । सबै घटक दललाई चित्त बुझाउने, साबिक पदक्रम जोगाउने, जिम्मेवारी समानुपातिक रूपमा बाँड्ने जस्ता विषयहरू ‘सबैभन्दा संवेदनशील र जटिल’ बनेका छन् ।
किन जिल्ला समायोजनमा ढिलाई ?
केन्द्रीय कार्य समिति, सचिवालय र संयोजन समितिको संरचना अझै ठोसरूपमा नबनेका कारण प्रदेश–जिल्ला तहको समायोजन पनि रोकिएको स्राेतकाे भनाइ छ ।
३७ सदस्यीय संयोजन समिति बनाउने प्रस्तावमा माओवादी–तर्फका सबै पदाधिकारी रहने, तर समाजवादी र अन्य समूहलाई सीमित मात्रामा स्थान मिल्ने कुरा आन्तरिक छलफलको केन्द्रमा छ । निर्वाचन आयोगमा विधान–घोषणापत्र पेस भइसके पनि एकता व्यवहारमै कार्यान्वयन हुने प्रक्रिया भने एक-एक तहमा मिलाप खोज्दै गर्दै अघि बढिरहेको छ।
वार्ता टोलीहरू अहिले सबै तहमा समायोजन मापदण्ड मिलाउने गृहकार्यमा छन् ।
प्रचण्ड र माधव नेपालको शीर्ष नेतृत्वबाट पुस ५ गतेभित्र समायोजन टुंग्याउने घोषणा भए पनि संरचना ठूलो, दल धेरै, पद–जिम्मेवारीको जटिलता अत्यधिक भएकाले नेकपाको एकता प्रक्रिया अपेक्षाकृत ढिलो र संवेदनशील रूपमा अघि बढिरहेको छ ।
समायोजन पूरा भएपछि मात्रै नेकपाले पूर्ण कार्यशैली, नीति निर्माण र संगठनात्मक ताकतसहित ‘एकीकृत पार्टी’का रूपमा क्रियाशील हुने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...
मंसिर २४ गते, २०८२ - १७:५७
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुए...
मंसिर २४ गते, २०८२ - १७:५५
पेरिस । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मङ्गलबार जानकार...




प्रतिकृया लेख्नुहोस्: