काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।
बाह्य रूपमा एकता सन्देश सभा देशभर चलिरहेका भए पनि आन्तरिक रूपमा पद–जिम्मेवारीको व्यवस्थापन, संरचनागत मिलाप र १० भन्दा बढी घटक दलको समायोजन प्रमुख चुनौती बनेका छन् ।
कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका वामपन्थी समूहहरूलाई एकीकृत गर्दै ‘नेकपा’को घोषणा गरिएको थियो । सोही दिन प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजकका रूपमा औपचारिक रूपमा टुंग्याइए पनि केन्द्रीय समिति पूर्णता, प्रदेश–जिल्ला संरचना र जनवर्गीय संगठनहरूको समायोजन अझै आरम्भिक चरणमै छ ।
नेतृत्व छ तर संरचना अधूरो
साबिक एकीकृत समाजवादीका उपाध्यक्ष एवं वार्ता टोली सदस्य प्रकाश ज्वालाका अनुसार एकता सन्देश सभा चलिरहेका कारण वास्तविक समायोजन कार्य पुस ५ पछि मात्र स्पष्ट रूपमा अघि बढ्नेछ ।
डेव गुरुङ नेतृत्वको माओवादी–तर्फको वार्ता टोली पनि ‘वरिष्ठता, तहअनुसारको जिम्मेवारी’ मापदण्डलाई नै मुख्य आधार बनाउँदै समायोजन गर्नुपर्नेमा जोड दिइरहेको छ ।
१० भन्दा बढी घटक दल, १९ सय नजिकै केन्द्रीय समिति
नेकपा गठनमा जोडिएका दलहरूको संख्या ठूलो भएकाले केन्द्रीय समिति नै १९ सय सदस्यको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । यद्यपि अन्तरिम विधानमा केन्द्रीय कार्यकारी समिति ६०१ सदस्यीय हुने व्यवस्था छ । यसले ‘संरचना कति ठूलो ? कसरी व्यवस्थापन गर्ने ?’ भन्ने बहसलाई पार्टीभित्र बढाएको छ ।
विधानअनुसार ‘सहमतिको बाटो’
अन्तरिम विधानले केन्द्रदेखि वडा तहसम्म संयोजक/सहसंयोजक, इन्चार्ज/सहइन्चार्जको संयोजनमार्फत नेतृत्व बाँडफाँड गर्ने उल्लेख गरेको छ । सबै घटक दललाई चित्त बुझाउने, साबिक पदक्रम जोगाउने, जिम्मेवारी समानुपातिक रूपमा बाँड्ने जस्ता विषयहरू ‘सबैभन्दा संवेदनशील र जटिल’ बनेका छन् ।
किन जिल्ला समायोजनमा ढिलाई ?
केन्द्रीय कार्य समिति, सचिवालय र संयोजन समितिको संरचना अझै ठोसरूपमा नबनेका कारण प्रदेश–जिल्ला तहको समायोजन पनि रोकिएको स्राेतकाे भनाइ छ ।
३७ सदस्यीय संयोजन समिति बनाउने प्रस्तावमा माओवादी–तर्फका सबै पदाधिकारी रहने, तर समाजवादी र अन्य समूहलाई सीमित मात्रामा स्थान मिल्ने कुरा आन्तरिक छलफलको केन्द्रमा छ । निर्वाचन आयोगमा विधान–घोषणापत्र पेस भइसके पनि एकता व्यवहारमै कार्यान्वयन हुने प्रक्रिया भने एक-एक तहमा मिलाप खोज्दै गर्दै अघि बढिरहेको छ।
वार्ता टोलीहरू अहिले सबै तहमा समायोजन मापदण्ड मिलाउने गृहकार्यमा छन् ।
प्रचण्ड र माधव नेपालको शीर्ष नेतृत्वबाट पुस ५ गतेभित्र समायोजन टुंग्याउने घोषणा भए पनि संरचना ठूलो, दल धेरै, पद–जिम्मेवारीको जटिलता अत्यधिक भएकाले नेकपाको एकता प्रक्रिया अपेक्षाकृत ढिलो र संवेदनशील रूपमा अघि बढिरहेको छ ।
समायोजन पूरा भएपछि मात्रै नेकपाले पूर्ण कार्यशैली, नीति निर्माण र संगठनात्मक ताकतसहित ‘एकीकृत पार्टी’का रूपमा क्रियाशील हुने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: