Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नेपाल संस्कृत विश्वविद्यालयको जग्गाबाट आएन भाडा

खबरडबली संवाददाता

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिएका थिए । 

विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर भाडामा लिएको उक्त जग्गाको सम्झौता २०८१ असार ३० गते सकिएको छ । सम्झौताको म्याद गुज्रेको एक वर्ष भइसक्दा पनि त्यहाँबाट भाडा आउन सकेको छैन । सोही जग्गाबाट रु ५६ लाख ६५ हजार भाडा तिर्न बाँकी रहेको विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए । 

उनका अनुसार सुरुको तीन वर्षसम्म डाँगीले बाख्रा पालन गरे । त्यसपछि उनले बाख्रा पालन गर्न छाडेर योगी आदित्यनाथ फाउन्डेशनलाई दिए ।  अहिले त्यो जग्गा सोही फाउन्डेशनले नै प्रयोग गर्दै आएको छ । त्यहाँ अहिले गौशाला सञ्चालनमा रहेको छ । सम्झौता सकिएकै एक वर्ष भइसकेको छ । सम्झौता भएअनुसार मात्रै भाडा लिन मिल्ने र सम्झौताभन्दा पछिको भाडा नमिल्ने भएकाले भाडा पनि लिइएको छैन ।

“सम्झौतासम्मको मात्रै भाडा लिन मिल्छ, तर अहिलेसम्म पनि प्रयोग भइरहेको छ, सम्झौताको मिति सकिएकै एक वर्ष भइसकेको छ”, रजिष्ट्रार अधिकारीले भने, “पछिल्लो एक वर्षको हिसाब नै भएको छैन ।” डाँगीसँगै वार्षिक रु पाँच लाख ४४ हजार भाडा रकम दिने सम्झौता भएको थियो । त्यो भाडामा वार्षिक १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको थियो । विश्वविद्यालयको केन्द्रीय कार्यालय र आवासगृह नजिकै गौशाला सञ्चालन गरेकाले वरिपरि मरेका गाइको गन्धले बस्नै नसक्ने अवस्था हुने उपकुलपति धनेश्वर नेपालले बताए । 

यसरी अटेर गरे कानुनी कारबाही अगाडि बढाउनुपर्ने उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।  उक्त गौशाला सञ्चालन गर्दा रु एक करोडभन्दा बढी लगानी भएको भन्दै त्यो लगानी दिएमा उपमहानगरपालिकालाई हस्तान्तरण गरिदिने गौशालाका सञ्चालक भरतनाथ योगीले बताए। यो विषयमा आफूले प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा गरिसकेको उनको भनाइ छ ।

गाई संरक्षण गर्ने कुरा पवित्र उद्देश्यले नै सुरु गरिएको भए पनि यसलाई सञ्चालन गर्न निकै चुनौति रहेको उनको भनाइ छ । अहिले गौशालामा काम गर्नका लागि सात कर्मचारी राखेको समेत उनले बताए। अहिले त्यहाँ करिब ३०० गाई छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

पाँचथरमा प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...

यस वर्ष बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

रामेछापका किसानमा जुनार खेतीमा आकर्षण

रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...

रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनमै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...

चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

बेइजिङ । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ...

बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

ढाका । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास...

भाेजपुरकाे च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै

भोजपुर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending