Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

गुल्मीमा कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

खबरडबली संवाददाता

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरुले सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् ।

सरोकारवाला संस्थाद्वारा कफी कृषकसँग कफीखेती विस्तारका लागि गरिएको छलफल तथा अन्तर्क्रियामा कृषकले सहयोगको अपेक्षा गरेका हुन् ।

कफी विकास केन्द्र आपचौर, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र कफी अनुसन्धान कार्यक्रमको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । कफी विकास केन्द्रमा गरिएको कार्यक्रममा जिल्लामा पछिल्लो समयमा किसानमा कफीखेतीमा आकर्षण बढ्दै जान थाले पनि आशातित रुपमा कफीका बगैँचा सुक्दै जान थालेको बताइएको छ ।

कार्यक्रममा कफीविज्ञ तथा सरोकारवालाले कफी नेपालको महत्वपूर्ण नगदेवाली भएको औँल्याउँदै तीनै तहका सरकारले कफीखेतीमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

जिल्लामा कफीको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी निकाय तथा कफी सहकारी भए पनि उनीहरुबीच आपसी समन्वयको अभाव रहेको स्थानीय रुद्र खरेलले बताए । कफीमा काम गर्ने कार्यालय धेरै हुँदा पनि कफीखेतीमा कृषकहरुको सहभागिता घट्दै जान थालेको खरेलको भनाइ थियो ।

कफी अनुसन्धान कार्यक्रम बलेटक्सारका प्रमुख जनार्दन गौतमले विश्वमै स्वादका आधारमा नेपाली कफी सातौँ स्थानमा पर्ने हुँदा नेपालको कफीको विश्व बजारमा राम्रो माग भएको जानकारी गराएका थिए ।

उनले बाँझो जमिनमा समेत कफीखेती गरेर राम्रो आम्दानी लिन सकिने हुँदा यस क्षेत्रमा किसानलाई थप प्रोत्साहित गर्नुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले गुल्मीलाई चिनाउने मुख्य आधार कफी नै भएको भन्दै यसको व्यावसायिक उत्पादन र प्रवर्द्धनका लागि स्थानीय स्तरबाट नै सबै जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका सहभागी कफी कृषकले कफीको व्यावसायिक उत्पादनका लागि स्थानीय पालिकाले कृषकलाई टिकाइ राख्ने वातावरण बनाउन बिरुवा, छहारी व्यवस्थापन र प्राविधिक विषयमा स्थानीय तहले अनुदानका थप कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिएका थिए । 

किसानले प्रत्येक पालिकाले वार्षिक रुपमा कम्तीमा पाँच हजार कफीका बिरुवा रोपण कार्यक्रम अघि बढाउनुपर्ने, कफी उत्पादक कृषकले कफीखेतीमा देखिएका समस्या, प्राविधिक ज्ञान र बजार विस्तारसँगै ५० रोपनी जग्गामा कफी लगाउने कृषकलाई स्थानीय तहले प्रोत्साहनका प्याकेज अघि बढाउनुपर्ने धारणा राखेका थिए । 

मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले मुसिकोट नगरपालिकाले कफी कृषकका लागि उपलब्ध गराउँदै आएको अनुदानमा वृद्धि गर्दै लगेको भन्दै आगामी दिनमा यसको विस्तारका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

गुल्मीभित्र रहेका कफी किसानको सहभागिता रहेको उक्त कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवाल, कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धिताल, कफी विकास केन्द्र आपचौरका प्रमुख राहुल पाण्डेयले जिल्लामा कफीखेतीको वर्तमान अवस्था र यसका चुनौतीका बारेमा जानकारी गराएका थिए । 

नेपालमा कफी जननी जिल्ला गुल्मीमा अहिले २४१ हेक्टर क्षेत्रफलमा कफीखेती हुँदै आएको छ । जिल्लामा गत वर्ष ३० मेट्रिक टन कफी उत्पादन भएकामा आठ टन ग्रिनबिन मात्र तेस्रो मुलुकमा निर्यात भएको थियो । जिल्लामा एक हजार ८०० भन्दा बढी कृषक कफीखेतीमा आबद्ध बनेका छन् ।

पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कफी विकास केन्द्र, कफी अनुसन्धान कार्यक्रम, कफी सहकारी संस्थालगायत स्थानीय तहले समेत कफीखेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE