बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन् । अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष २० हजार ७८४.४ मेट्रिकटन उत्पादन भएको छ ।
अघिल्लो वर्ष रोपाइँ सकिएपछि धानमा जरा कुहिने रोग लाग्दा उत्पादनमा ह्रास आएको भन्दै यसपाली कम क्षति हुँदा उत्पादन केही परिणाममा बढेको शर्माले बताइन्। बागलुङ धान उत्पादनमा आत्मनिर्भर छैन । यहाँका किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएकोखेती गर्दै आएको शर्मा बताउनुछिन् । पछिल्लो समय आइब्रिड जातका धानखेती गर्न थालेको उनको भनाइ छ ।
“धानखेती तर्फ किसानको चासो बढी छ, अघिल्लो वर्षको तुलनामा यसवर्ष झण्डै १०० मेट्रिकटन धान बढी उत्पादन भएको छ, गत वर्षको तुलनामा यसवर्ष वर्षा पनि समयमै भयो, जरा कुहिने रोगले पनि कम क्षति गर्दा उत्पादन बढेको हो” शर्माले भिनन्,“किसानले धान खेतीलाई प्राथमिकता दिएको पाइन्छ, खेती गरेको क्षेत्रफलका हिसाबले उत्पादकत्व ठिकै हो ।”
जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदी, छिस्तीलगायतका क्षेत्रमा बाहेक धेरै स्थानमा सिँचाइको व्यवस्था छैन । यसवर्ष धान भित्र्याउने समयमा ठूलो वर्षा भए पनि उत्पादन नघटेको गलकोट नगरपालिका–६ का किसान कृष्ण खत्रीले बताए । अघिल्लो वर्षको तुलनामा तीन मुरी धान बढी उत्पादन भएको उनको भनाइ छ ।
जैमिनी नगरपालिका–७ का नरेन्द्र पौडेलले गतवर्ष १३ मुरी धान उत्पादन भएको खेतमा यसवर्ष १६ मुरी फलेको बताए । गत वर्ष वर्षा ढिलो हुँदा सिँचाइमा गर्न नपाएको भन्दै यसवर्ष त्यस्तो समस्या नभएको सुनाए ।
बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...
मंसिर २५ गते, २०८२ - १८:०६
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...
मंसिर २५ गते, २०८२ - १८:०३
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - १७:५९
रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...
मंसिर २५ गते, २०८२ - १७:५३
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...
मंसिर २५ गते, २०८२ - १७:४९
बेइजिङ । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ...
मंसिर २५ गते, २०८२ - १७:४६
ढाका । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास...
मंसिर २५ गते, २०८२ - १७:४४
भोजपुर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढि...




प्रतिकृया लेख्नुहोस्: