Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

पाँचथरमा प्राकृतिक शीतभण्डारमा किबी

खबरडबली संवाददाता

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्।

उत्पादनको याममा सकिएपछि बजारमा पुर्‍याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बर बढी हुने र स्वाद उस्तै रहने गरेको छ। किबीको व्यावसायिक खेतीको शीप सिक्न २०७६ सालमा इलाम पुगेका राईले प्राकृतिक शीतभण्डारमा किबी राख्न सकिने थाहा पाएका थिए। चार वर्षअघि शीतभण्डार निर्माण गरेपछि राईले चार महिनादेखि ६ महिनासम्म किबी भण्डारण गरी बजारमा लैजाने गरेका छन्।

‘मेरो अनुभवमा जमिनअनुसार शीतभण्डार बनाउन सकिन्छ। मौसमका कारण कतिपय ठाउँमा यहाँ जसरी नटिक्न सक्छ’, उनले भने, ‘मेरो जग्गा आफैँमा चिसो ठाउँमा छ। यहाँ प्रत्यक्ष घामले नभेट्ने हुँदा शीतभण्डारले काम दिएको छ। मेरो जग्गा त उत्तम छ जस्तो लाग्छ।’

प्राकृतिक शीतभण्डार जमिनमा खाडल खनेर काठ विच्छ्याइ बनाइएको छ। जहाँ क्यारेटमा किबी राखिन्छ भने पानीबाट जोगाउन त्रिपालले ढाकिएको छ। राईका अनुसार मङ्सिरमा भण्डारण गरिएको किबी वैशाख–जेठसम्म उस्तै रहन्छ।

राईको प्राकृतिक शीतभण्डारमा ६० क्यारेटसम्म किबी अट्छ। ‘भविश्यमा प्राकृतिक शीतभण्डार नै ठूलो र एकदमै आकर्षक बनाउने मेरो सपना छ’, उनले भने, ‘शीतभण्डारमा विद्युत् प्रवाह अनियमित हुने हुँदा बिग्रन सक्ने भए पनि यहाँ प्राकृतिक चिसोका कारण कुनै समस्या आएको छैन।’

उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा किसानको विजोक हुने गरेको भए पनि आफूलाई प्राकृतिक शीतभण्डारले राहत दिएको किसान राईले बताए। फागुनभन्दा पछाडि राम्रो मूल्य पाउने भएपछि शीतभण्डारमा राखिएको किबी बिक्री गर्ने गरेको उनको भनाइ छ।

शीतभण्डार नरहेका स्थानका कृषकहरुले हावापानीलाई विचार गरेर प्राकृतिक शीतभण्डार निर्माण गरेर परीक्षण गर्नुपर्ने उनको सुझाव छ। उत्पादनको सिजन सकिएपछि किबी बजारमा पुर्‍याउँदा मूल्यमा तेब्बर बढीसम्म अन्तर पर्छ। ‘यस वर्ष किबी फालाफाल छ। मैले शीतभण्डारमा नअट्ने किबी सुरुमै बिक्री गरेँ। बाँकी रहेको किबी शील भण्डारमा राख्दै छु’, राईले भने, ‘अहिले प्रतिकिलो ६० रुपैयाँ मूल्य पाउने ‘बी’ ग्रेडको किबी चैत महिनाभन्दा पछाडि प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुन्छ।’ प्रतिकिलो १०० रुपैयाँसम्म बढी मूल्य पाउँदा प्राकृतिक शीतभण्डार राईका लागि बरदान बनेको छ।

प्राकृतिक शीतभण्डारमा मुसाले दुःख दिने गरेको उनको भनाइ छ। मुसाले खाएपछि किबी पाक्ने र गन्हाउने समस्या हुने गरेको छ। जिल्लामा उत्पादन हुने वस्तु भण्डारणका लागि शीतभण्डार निर्माण हुन नसक्दा कृषकहरुले उत्पादन लगत्तै सस्तो मूल्यमा सामग्री बिक्री गर्नुपर्ने बाध्यता झेल्दै आएका छन्।

राईले करिब १५ रोपनी क्षेत्रफलमा २०० बोट किबी लगाएका छन्। जसमध्ये करिब ४० बोटले उत्पादन दिइरहेका छन् भने बाँकी नयाँ बिरुवा छन्। किबीबाट बर्सेनि दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका राईले आगामी वर्षमा किबीबाट थप आम्दानी हुने अपेक्षा राखेका छन्।

राईले हेवार्ड जातिको किबी धेरै रोपेका छन्। उक्त जातिको किबीको बिरुवा धेरै समय टिक्ने गर्दछ। पूर्वी नेपालमा किबी रोपण सुरु भएपछि सुरुमा राम्रो मूल्य थियो। आकर्षक मूल्यकै कारण धेरै कृषकहरुले किबी रोपेपछि उत्पादनमा वृद्धि हुँदा मूल्य बर्सेनि घट्दै गएको छ। यद्यपि परम्परागत बालीभन्दा किबीबाट धेरै आम्दानी भने हुने गरेको राईको भनाइ छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी इन्जिनियरको नियुक्ति लिएको आरोपमा मुद्दा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

पाँचथरमा प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...

यस वर्ष बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

रामेछापका किसानमा जुनार खेतीमा आकर्षण

रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...

रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनमै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...

चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

बेइजिङ । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ...

बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

ढाका । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending