Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

मानव अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्न माग गर्दै नागरिक समाजकाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

खबरडबली संवाददाता

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन् । 

मानव अधिकारको संरक्षण, लोकतान्त्रिक मूल्यको प्रवर्द्धन र नागरिक स्वतन्त्रतामाथि देखिन थालेका विभिन्न किसिमका चुनौतीहरूबारे सरकारको उच्च ध्यानाकर्षण हुने अपेक्षासहित नागरिक समाजले यो पत्र बुझाएको हो । 

गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले प्रधानमन्त्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मानव अधिकारको प्रवर्द्धन, नागरिक संस्थाहरूले निभाइरहेको भूमिकाको कदर र पछिल्ला दिनमा उठेका निराधार आरोपको खण्डनसहितका विषय समेटिएको विस्तृत पत्र औपचारिक रूपमा प्रधानमन्त्रीलाई बुझाए ।

उक्त दिन बिहानैदेखि ललितपुरको ललित मण्डपमा नागरिक समाजका प्रतिनिधि, गैरसरकारी संस्था, मानव अधिकारकर्मी, विद्यार्थी तथा सरोकारवालाहरू जम्मा भई ‘मानव अधिकारः हामी सबैको अपरिहार्य आधार’ भन्ने मूल नारासहित र्‍याली सुरु भएको थियो। मानव अधिकार महाभेला, गैरसरकारी संस्था महासंघ र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त संयोजनमा आयोजित सो र्‍यालीमा प्लेकार्ड, ब्यानर र नारासहित मोठो सहभागिता थियो । र्‍यालीको उद्देश्य मानव अधिकारका मुद्दालाई केवल दिवसका रूपमा होइन, निरन्तर अभ्यासका रूपमा स्थापित गर्न जनचेतना फैलाउनु थियो ।

र्‍याली विभिन्न मार्ग भएर अघि बढ्दै राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा पुगेपछि सभामा परिणत भयो । सभामा मानव अधिकार महाभेलाका संयोजक शोभा बीसी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघका अध्यक्ष एसपी कलौनी, महासंघका अध्यक्ष अर्जुन भट्टराई तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले क्रमैसँग मन्तव्य व्यक्त गर्दै आजको सन्दर्भमा मानव अधिकारको महत्व, नागरिक समाजको योगदान तथा राज्य संयन्त्रले अपनाउनुपर्ने व्यवहारबारे आफ्नो धारणा प्रस्तुत गरे । वक्ताहरूले नेपालको लोकतान्त्रिक यात्रामा नागरिक समाजले महत्वपूर्ण भूमिका खेलेको र मानव अधिकारका सवालमा राज्यका निकायले नागरिकको पक्षमा रहनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा विशेषगरी आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार जिम्मेवार रहनुपर्ने माग गरिएको छ । पत्रमा नागरिक समाज, राजनीतिक दल र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै देशभरका नागरिक संघसंस्थाले मानव अधिकार प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको औपचारिक कदर गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । साथै पछिल्ला दिनमा नागरिक संस्थाहरूविरुद्ध प्रसारित हुँदै आएका केही निराधार आरोप र प्रचारप्रति असन्तोष जनाउँदै त्यसले संस्थाहरूको आन्तरिक कामकारबाही र विश्वसनीयतामा नकारात्मक असर पारेका कारण यस्ता प्रवृत्तिको रोकथाम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

सभामा उपस्थित सरोकारवालाहरूले मानव अधिकार दिवस उत्सव मात्र नभई राज्य संयन्त्रले आफ्नो संवैधानिक तथा कानुनी दायित्वबारे पुनः स्मरण गर्ने अवसर पनि भएको बताए । उनीहरूले मानव अधिकारका मुद्दा अझै पनि स्थानीयदेखि राष्ट्रिय तहसम्म पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकिरहेको उल्लेख गर्दै सरकार, प्रशासन र नागरिक समाजले परस्पर सहकार्य गर्दै प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए ।

यसैबीच गैरसरकारी संस्था महासंघले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराउने उद्देश्यले प्रधानमन्त्रीलाई चिठी पठाउने तयारी गरेको जनाएको छ । यस कदमले मानव अधिकार र नागरिक स्वतन्त्रताको हकमा देशभर समान सन्देश पुर्‍याउने र सबै तहमा जिम्मेवारीबोध बढाउने विश्वास महासंघले लिएको छ । 

नागरिक समाजका विभिन्न प्रतिनिधिहरूका अनुसार मानव अधिकार दिवसका अवसरमा देशभर विविध कार्यक्रम सञ्चालन भइरहेको छ, जसले नागरिक अधिकार, समानता र न्यायको पक्षमा सकारात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE