Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

एमालेभित्र अस्थिरता र अविश्वासको जड इश्वर पोखरेल: ओली

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकहरूसँग गरेको भेटवार्तामा पार्टीभित्रै बढ्दै गएको अस्थिरता, अविश्वास र द्वन्द्वको मूल कारक ‘वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल’ नै भएको संकेत प्रष्ट रुपमा दिएका छन् । 

ओलीका कथन र उपकथनले पार्टीलाई विचलित बनाउने, नेतृत्वलाई कमजोर पार्ने र बाह्य शक्तिलाई फाइदा पुग्ने वातावरण सिर्जना गर्ने व्यक्तिमै पोखरेल भएकाे बताएका छन् । 
अध्यक्ष ओलीले आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई आयोगमा गएर बयान दिनुपर्छ भनेर दिएको अभिव्यक्तिको प्रतिवाद गरेका छन् । त्यस्तो अभिव्यक्तिलाई उनले ‘वैरभाव’ को संज्ञा दिए ।

‘उहाँलाई के भएको छ, किन सञ्चो भएन मलाई थाहा भएन । बयान दिन जाने नजाने मेरो कुरा हो, के गर्नुपर्छ त्यो मलाई थाहा छ,’ ओलीले भने । बुधबार मात्र पोखरेलले अध्यक्ष ओली जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा गएर बयान दिनुपर्ने बताएका थिए ।

ओलीले समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै २२ गते आउने कुरा ख्याल गर्न कार्कीलाई चेतावनी दिए । ‘ध्यान राखेर र होस सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु,’ ओलीले भने ।

जेनजी आन्दोलनसम्बन्धी घटनामा ओलीले आयोगमा बयान दिनुपर्छ भन्ने पोखरेलको टिप्पणीप्रति ओली कडा र स्पष्ट देखिए । यस्तो टिप्पणी बाहिरबाट होइन, उपाध्यक्षकै तहबाट आउनु ओलीले ‘राजनीतिक अवसरवाद’ र ‘आन्तरिक युद्ध’ को संकेतका रूपमा व्याख्या गरे ।

उनको बुझाइमा पोखरेलको उद्देश्य पार्टीलाई संस्थागत बलियो बनाउनु होइन, नेतृत्वलाई कमजोर पार्दै व्यक्तिगत महत्त्वाकाङ्क्षा अघि सार्नु हो ।

महाधिवेशनलाई ‘दबाबको राजनीति’ बनाउन ओली चुनाैती

महाधिवेशनमा सहमति हुन ओलीले छाड्नुपर्छ भन्ने पोखरेलको भनाइप्रति अध्यक्ष ओलीले तीव्र प्रहार गर्दै भने- ‘म दबाबमा काम गर्ने मान्छे होइन ।’

यो भनाइ केवल राजनैतिक अस्वीकार मात्रै होइन-पोखरेलले महाधिवेशनलाई ‘ब्ल्याकमेलिङ’ को ठाउँ बनाएको आरोपको संकेत थियो । बाहिर–बाहिर उम्मेदवारी घोषणा गर्दै घुम्ने शैली, नेतृत्वलाई कमजोर देखाउने अभियान, र ‘ओली भए सहमति हुँदैन’ भन्ने पुनरावृत्त वाक्यांश-यी सबैलाई ओलीले पार्टी फुटाउने संकेतका रूपमा चित्रित गरे ।

ओलीको बुझाइमा पोखरेल सहमतिका नाममा ‘पूर्वसर्त राखेर’ महाधिवेशनलाई बन्धक बनाउने, अनि सहमति भाँडिए नेतृत्वलाई दोष दिने रणनीति अपनाइरहेका छन् ।

मेरा राजनीतिक सन्देश कमजोर पार्ने पोखरेल

ओलीले सम्पादकहरूसँग तीन मुख्य राजनीतिक सन्देश दिए—प्रतिनिधिसभा पुनर्स्थापना हुने, कांग्रेस–एमाले भविष्यको मुख्य शक्ति बन्ने, र आफू तेस्रोपटक अध्यक्ष बन्न तयार रहेको ।
तर यी सबै राजनीतिक संदेशहरू भित्रैबाट कमजोर पार्ने काम भएको उनको संकेत स्पष्ट थियो ।

एमालेभित्र १४३ पार्टीको तमासा भन्दाहरूसँगै ओलीले सांकेतिक रूपमा पोखरेल नेतृत्वलाई ‘अन्तरिक विघटन केन्द्र’ का रूपमा उतारेका छन् । ओलीका अनुसार बाहिरभन्दा भित्रकै अविश्वास, जनभावनालाई कमजोर पार्ने नक्कली नैतिकता, सहमतिको नाममा राखिने पूर्वसर्त, नेतृत्वविरुद्ध टिप्पणीमार्फत प्रचार बनाउने प्रवृत्ति छन् । यी सबै पाेखरेलप्रति लक्षित छन । यी सबैले एमालेको सामूहिक शक्ति कमजोर पार्दै गएका छन् । र यी गतिविधि अघि सार्ने ‘मुख्य व्यक्ति’ पोखरेल नै हुन् भन्ने सन्देश ओलीले बारम्बार दिएका छन् । 

सम्पादकहरूसँगको कुराकानीमा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुने, भोलीका दिनमा नेपाली कांग्रेस र एमालेले नै देश चलाउने, आफू पुनः तेस्रो पटक एमाले अध्यक्ष बन्ने  तीनवटा सन्देश दिन भ्याएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE