काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको आगामी निर्वाचन सरकारले तोकेको मितिभन्दा केही पर सारिएर वैशाखमा पुगे पनि त्यसलाई स्वाभाविक रूपमा स्वीकार गर्न सकिने बताएका छन्।
सरकारले फागुन २१ गतेलाई निर्वाचनको मिति तोकेको छ। तर आवश्यक परे यो मिति सारेर वैशाखसम्म लम्ब्याइए स्वभाविक रूपमा मान्य हुने शर्मो धारणा छ।
महामन्त्री शर्माले निर्वाचन वैशाखमा सारिनुपर्ने तीन कारण प्रस्तुत गरेका छन्— जेनजी पुस्तालाई अपनत्वको अनुभूति गराउन, विश्वासिलो चुनावी वातावरण विकास गर्न र हिमाली क्षेत्रमा निर्वाचन प्रक्रिया सहज बनाउन।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “न्भलश् समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने हुन्छ। सहमति र सहकार्यमार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो।”
शर्माले जेनजी समूहसँग सरकारले गरेको सहमति स्वागतयोग्य भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा फागुन २१ गतेको मिति बाधक बन्न नहुने बताए। तर, उक्त सहमतिको प्रक्रियामा राजनीतिक दलहरूलाई सहभागी नगराएकोमा भने उनले असन्तुष्टि व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १३:३८
काठमाडौँ । कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पलायन भएको भन्दै आएका विभिन्न प्रचार–प्रसारबारे उनीहरूले सामाजिक ...
मंसिर २७ गते, २०८२ - १३:१५
भक्तपुर। शनिबार उद्घाटन हुने नेकपा ९एमाले० को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौर...
मंसिर २७ गते, २०८२ - १२:५५
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ । हड्डी र नसा सम्बन्धी समस्याका कारण हिँडडु...
मंसिर २७ गते, २०८२ - १२:३५
पाल्पा। पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकल...
मंसिर २७ गते, २०८२ - १२:११
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै थप चार मन्त्रीको नियुक्ति प्रक्रिया अघि बढाएकी छन्। प्रधानमन्त्री कार्या...
मंसिर २७ गते, २०८२ - ११:५६
रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका –४ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ । ...
मंसिर २७ गते, २०८२ - ११:३५
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले १७ बुँदे ‘परिचालन नीति’ सार्वजनिक गरेको छ। सूचना अधिक...
मंसिर २७ गते, २०८२ - १०:५९
काठमाडौं । बजारमा एकैदिन सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ५६ हज...
मंसिर २७ गते, २०८२ - १०:४३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको आगामी निर्वाचन सरकारले तोकेको मितिभन्दा केही पर सारिएर वैशाखमा पुगे पनि त्...
मंसिर २७ गते, २०८२ - १०:२८
घोडाघोडी । थारु समुदायमा गाउँघरमा आईपर्ने साना तिना समस्या समाधानका लागि होस या सामूहिक कार्यका लागि बडघर(भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।...




प्रतिकृया लेख्नुहोस्: