Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह

खबरडबली संवाददाता

रौतहट । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन्।

रौतहटको चन्द्रपुर–८ मर्धरमा शुक्रबार ‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ अभियान अन्तर्गत आयोजित वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने बताएका हुन्। उनले देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा आउँदो निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्नसमेत आग्रह गरे।

जनताका आशा र अपेक्षा धेरै भएको बताउँदै मन्त्री घिसिङले भने, “तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउँछौँ, तर तीन महिनापछि पनि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनताको हो।”

उनले काम गर्न नसक्ने निर्माण व्यवसायीलाई धमाधम कारबाही गरिरहेको उल्लेख गर्दै रौतहटमा पनि काम गर्न नसक्नेलाई कारबाही गरेर विकासका काम अगाडि बढाउने बताए। आफू विद्युत् प्राधिकरणको कार्यकारी अधिकृत हुँदा विद्युत्को क्षेत्रमा आमूल परिवर्तन आएको भए पनि अब देशको सबै क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको उनको धारणा थियो। देशका अधिकांश समस्या समाधान गर्न सही नेतृत्व आवश्यक भएकोले त्यसतर्फ आम नागरिकले ध्यान दिनुपर्ने उनले बताए।

कार्यक्रममा मन्त्री घिसिङले किसानको माग अनुसार अहिले सिँचाइ मन्त्रालय अन्तर्गत करिब रु १७/१८ अर्ब बराबरको डिप बोरिङ परियोजना चलिरहेको जानकारी दिए।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सचिव गोविन्द चौलागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललगायतको सहभागिता थियो। 

मन्त्री घिसिङले शुक्रबार नै रौतहटको चन्द्रपुर–३ स्थित चाँदी नदीको पुल, दुर्गाभगवती गाउँपालिका–४ को बागमती नदीमा रहेको बडहर्वा पुल, गौर इशनाथ नगरपालिका जोड्ने बकैया नदीको टिकुलियाघाटको पुललगायतको अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

एमालेको ११ औं महाधिवेशनकाे भाेलिबाट सुरु हुँदै

भक्तपुर ।  नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ ।  शनिबार भक्तप...

रौतहटमा स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

रौतहट । रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ ।  शुक्रबार रौतहट मौलापुर नगरपालिका–३ लाल बकैया बाँधमा खटिएको प्रहरी टोलील...

१४ सदस्यीय मन्त्रिपरिषद्मा कस्लाई कुन मन्त्रालय ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चाैथाेपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।  शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भ...

पर्सामा उपचारको क्रममा कैदी बन्दीको मृत्यु

वीरगञ्ज । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदी बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षी...

भारतमा महिलाहरूको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत

मनिला । भारतमा कम आए भएका महिलाहरुको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी) ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल) सँ...

वजीरिस्तानको विद्यालयमा विस्फोट, भवन ध्वस्त, छ सय विद्यार्थीको पढाइ अवरुद्ध

पाकिस्तान । पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भए पछि सय भन्दा बढी बालबालिका...

पूजा गर्ने खोपाको मौरी घार आम्दानीको स्रोत

कास्की । कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ । खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस...

अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत

काठमाडाैँ । अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै ठूलो नकारात्मक प्रभाव परेको छ । प्रमुख आर्थिक अ...

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

काठमाडाैँ । चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending