कैलाली । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरेको छ । नेपाली सेना र नेपाल प्रहरीको सहकार्यमा आज धनगढीमा सडक दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरिएको हो ।
उद्धार अभ्यासमा दुर्घटनापछि जनधनको क्षति न्यूनीकरणका लागि गरिने नमुना उद्धार अभ्यास प्रस्तुत गरिएको थियो । त्यस्तै सडक दुर्घटनामा प्रहरीसहित सबै सुरक्षा निकायको भूमिका, घाइतेको उद्धार, ट्राफिक व्यवस्थापनलगायतको नमुना अभ्याससमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले सडक दुर्घटना दिनानुदिन चुनौतीको विषय बन्दै गएको उल्लेख गर्दै यस्ता नमुना अभ्यास कार्यक्रम महत्वपूर्ण र समसामयिक हुने बताए । उनले भने, “यस्ता कार्यक्रमको अझै व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्छ, सडक दुर्घटना भइसकेपछि होसियारी अपनाउनुपर्ने कुरा तथा सबै सुरक्षा निकायको भूमिका स्पष्ट हुनुपर्ने हुन्छ, जुन यहाँ देखिएको छ ।” यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले यस्ता कार्यक्रमले सडक दुर्घटनापछि उद्धारलाई अझ चुस्त र प्रभावकारी बनाउन सहज हुने बताए । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितले सडक दुर्घटनामा सशस्त्र प्रहरी पनि खटिँदै आएको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर कृत्रिम उद्धार अभ्यास गरिएको बताए ।
उनले भने, “प्राविधिक तथा मानवीय त्रुटिले दुर्घटना भइरहेका हुन्छन्, दुर्घटनापछि कसरी क्षति कम गर्न सकिन्छ भनेर पूर्वअभ्यास गरेका हौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...
मंसिर २७ गते, २०८२ - १८:५१
भक्तपुर । नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ । शनिबार भक्तप...
मंसिर २७ गते, २०८२ - १८:४४
रौतहट । रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ । शुक्रबार रौतहट मौलापुर नगरपालिका–३ लाल बकैया बाँधमा खटिएको प्रहरी टोलील...
मंसिर २७ गते, २०८२ - १७:५७
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चाैथाेपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भ...
मंसिर २७ गते, २०८२ - १७:५१
वीरगञ्ज । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदी बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षी...
मंसिर २७ गते, २०८२ - १७:५०
मनिला । भारतमा कम आए भएका महिलाहरुको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी) ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल) सँ...
मंसिर २७ गते, २०८२ - १७:४८
पाकिस्तान । पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भए पछि सय भन्दा बढी बालबालिका...
मंसिर २७ गते, २०८२ - १७:४६
कास्की । कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ । खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस...
मंसिर २७ गते, २०८२ - १७:४३
काठमाडाैँ । अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै ठूलो नकारात्मक प्रभाव परेको छ । प्रमुख आर्थिक अ...
मंसिर २७ गते, २०८२ - १७:४१
काठमाडाैँ । चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जिय...




प्रतिकृया लेख्नुहोस्: