Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

वजीरिस्तानको विद्यालयमा विस्फोट, भवन ध्वस्त, छ सय विद्यार्थीको पढाइ अवरुद्ध

खबरडबली संवाददाता

पाकिस्तान । पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भए पछि सय भन्दा बढी बालबालिका अध्ययन गर्ने ठाउँ विहीन भएको जनाइएको छ ।

द एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरे अनुसार अज्ञात आक्रमणकारीहरूले खुशाली गाउँको अयाज कोट क्षेत्रको उक्त विद्यालयमा विस्फोट गराउदा विद्यालयको संरचना भग्नावशेषमा परिणत भएकाले शैक्षिक गतिविधिहरू रोकिएको जनाइएको छ ।

जिल्ला शिक्षा विभागका अधिकारीहरूलाई उदृत गर्दै सयौं विद्यार्थीहरूका लागि महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा सेवा दिँदै आएको यस क्षेत्रको एक मात्र विद्यालय विस्पोटले क्षतिग्रस्त भएको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ ।

विस्फोट पछि, अधिकारीहरूले क्षतिग्रस्त भवनलाई बन्द गरेर अस्थायी स्थानहरूमा कक्षाहरू पुनः सुरु गर्न वैकल्पिक व्यवस्थाहरूबारे विचार गरिरहेको बताएका छन् ।

अभिभावकहरूले बालबालिकाको भविष्य निर्माण स्थललाई आक्रमणकारीहरुले जानाजानी तोडफोड गर्ने प्रयासको गरेकोमा शोक तथा आक्रोश व्यक्त गरेका छन् ।

यस घटनाले सार्वजनिक संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई झक–झकाएको छ भने अहिले सम्म कुनै समूहले विस्पोटको जिम्मेवारी लिएको छैन ।

जिल्ला प्रशासन कार्यलयले बम विस्फोटलाई “शिक्षा विरोधी कार्य“ भन्दै निन्दा गरेको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ ।

अधिकारीहरूले दोषीहरूलाई पक्राउ गरी चाँडै न्यायको आभास गराउने जनाएका छन् भने प्रहरीले विस्फोट स्थलबाट प्रमाण सङ्कलन गरेको छ ।

द एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरे अनुसार प्रारम्भिक मूल्याङ्कनहरूले विस्पोटक उपकरणले टाढाबाट वा टाइमर संयन्त्रको माध्यमबाट विस्फोट गराएको सुझाब दिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE