Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका-८ महादेवटारस्थित श्री जागेश्वर माध्यामिक विद्यालयको शुक्रबार आयोजित स्वर्ण जयन्ती उद्घाटन कार्यक्रममा उनले विविध कारण यसअघि निर्माण रोकिएको आयोजनाको काम तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पाण्डेले गोरखा र धादिङको सिमानामा बन्ने उक्त आयोजनाले जलविद्युत् क्षेत्रको विकासमात्र नभई प्रभावित क्षेत्रका जनताको आयआर्जनमा सहयोग पुर्‍याउने भएकाले यसको निरन्तरता आवश्यक रहेको बताए ।

उनले सङ्घ सरकारलाई आयोजना शीघ्र सम्पन्न गर्न दबाब दिने उद्देश्यले गोरखा र धादिङमा पर्ने बुढीगण्डकी करिडोर क्षेत्रमा गण्डकी र बाग्मती प्रदेश सरकारको संयुक्त बैठकको तयारी भइरहेको जानकारी दिए ।

“अब आयोजना क्षेत्रका स्थानीय सरकारका प्रतिनिधिलाई पनि राखेर दुवै प्रदेश सरकारको बैठक करिडोर क्षेत्रमा गर्ने गरी छलफल भइरहेको छ, आयोजना निर्माण जसरी भए पनि छिटो सम्पन्न गर्नुपर्छ”, मुख्यमन्त्री पाण्डेले भने ।

आयोजना निर्माणको अन्योलता हटाउन पटकपटक पहल गर्दै आएको बताउँदै उनले त्यसलाई मूर्तरुप दिन नसकिएको स्पष्ट पारे । मुख्यमन्त्री पाण्डेले सकारात्मक सोचले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै देशमा केही पनि भएन भन्ने भाष्य सृजना गरेरमात्र देश नबन्ने उल्लेख गरे।

“अहिले सबैले ठगेर खाइरहेका छन्, सबैले लुटेर खाइरहेका छन्, सबैले भ्रष्टाचार गरेर खाइरहेका छन् भनेर भाष्य निर्माण गर्ने कोसिस भइरहेको छ”, मुख्यमन्त्री पाण्डेले भने, “अहिले वास्ताविकता बुझ्ने प्रयास कसैले गरेका छैनन्, नकारात्मक सोच र भावनाले मात्र देश बन्दैन ।”

सबैको सामूहिक प्रयासले समृद्ध नेपाल निर्माण गर्न सकिने उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE