Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

खबरडबली संवाददाता

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब १६ करोड रुपैयाँ खर्च हुँदा कानुन निर्माणको गति भने सुस्त देखिएको हो।

गत आर्थिक वर्षमा प्रदेश सभामा कानुन निर्माणका लागि सात वटा विधेयक दर्ता भएका थिए। तीमध्ये तीन वटा विधेयक पारित भई प्रमाणीकरण भएका छन् भने दुई वटा अझै प्रदेश सभामा विचाराधीन छन्।

प्रदेश सभा सचिवालयका अनुसार गत आर्थिक वर्षमा प्रदेश सभाका लागि २६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १५ करोड ८५ लाख ३६ हजार ३७७ रुपैयाँ खर्च भएको छ। खर्च भएको रकममध्ये ९९ लाख ४९ हजार ९८० रुपैयाँ पुँजीगततर्फ रहेको छ।

गत वर्ष दर्ता भएका सात विधेयकमध्ये दुई वटा सालबसाली आर्थिक विधेयक थिए। त्यसबाहेक दलित अधिकार, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन, लुम्बिनी प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन, प्रदेश वन ऐन संशोधन तथा थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण र प्रवर्धनसम्बन्धी विधेयक प्रदेश सभामा दर्ता भएका थिए।

तीमध्ये प्रदेश वन ऐन संशोधन तथा लुम्बिनी प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक अझै विचाराधीन छन्। बाँकी विधेयक भने पारित भई प्रमाणीकरणसमेत भइसकेका छन्।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सभाका ३४ वटा बैठक बसेका थिए। ती बैठकमा विधेयक, नीति तथा समसामयिक विषयमा गरी ६१ घण्टा १८ मिनेट छलफल भएको प्रदेश सभा सचिवालयले जनाएको छ। विधेयकमाथि छलफल तथा अध्ययनका लागि प्रदेश सभाअन्तर्गत सात वटा विषयगत समिति छन्। ती समितिका बैठक तथा गतिविधिमा भएको खर्चसमेत प्रदेश सभाको खर्चमा समावेश हुन्छ।

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएयता हालसम्म आठ वटा अधिवेशन सञ्चालन भइसकेका छन्। दोस्रो कार्यकालमा १३५ वटा बैठक बसेका छन्।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार दोस्रो कार्यकाल सुरु भएयता प्रदेश सभामा २६ वटा विधेयक दर्ता भएका छन्। तीमध्ये २१ वटा पारित भइसकेका छन् भने पाँच वटा अझै विचाराधीन छन्। दर्ता भएका विधेयकमध्ये १० वटा मूल कानुन निर्माणसँग सम्बन्धित छन्। त्यस्तै आठ वटा सालबसाली आर्थिक विधेयक र छ वटा विद्यमान कानुन संशोधनसम्बन्धी विधेयक रहेका छन्।

हालसम्म दर्ता भएका २६ विधेयकमध्ये २४ वटामाथि प्रदेश सभामा छलफल भएको सचिव पुनले बताए। एउटा विधेयक प्रदेश सभा सचिवालयबाट र अर्को प्रदेश सभाबाट फिर्ता भएको थियो भने केही विधेयक अझै छलफलकै क्रममा छन्।

प्रदेश सभाको पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकालमा कानुन निर्माणको गति घटेको तथ्याङ्कले देखाउँछ। पहिलो कार्यकालमा ८४ वटा विधेयक दर्ता भएकामा ७२ वटा कानुन निर्माण भएका थिए। तीमध्ये ५२ वटा मूल कानुन, ११ वटा सालबसाली आर्थिक कानुन र नौ वटा संशोधन कानुन थिए।

दोस्रो कार्यकालको ठूलो हिस्सा बितिसक्दा पनि पाँच वटा विधेयक विचाराधीन रहनुले प्रदेश सभाको कानुन निर्माण प्रक्रियामाथि प्रश्न उठाएको छ। करोडौँ रुपैयाँ खर्च हुने तर त्यसअनुसार आवश्यक मूल कानुन निर्माणको गति नबढ्ने अवस्थाले प्रदेश सभा प्रभावकारितामाथि बहससमेत बढाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending