Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

कर्णाली प्रदेशमा नेकपाको संसदीय दल नेता चयनमा प्रचण्डको चासो, छलफलबाटै टुङ्ग्याउन निर्देशन

खबरडबली संवाददाता

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन्।

शनिबार सुर्खेतमा आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्न आएका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेता कालिबहादुर मल्लको उपस्थितिमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बसेको थियो।

उक्त बैठकमा संयोजक प्रचण्डले संसदीय दलको नेता तथा पदाधिकारी चयन र आगामी राजनीतिक रणनीतिका विषयमा विशेष चासो राखेका हुन्। कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेकपा’ मा रूपान्तरण भइसके पनि हालसम्म संसदीय दलका पदाधिकारी चयन हुन सकेका छैनन्।

‘पदाधिकारी चयनको विषय दलभित्रकै छलफल र सहमतिका आधारमा टुंग्याउनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांसद कृष्णबहादुर जिसीले भने, ‘अब प्रतिपक्षमा रहँदा सोहीअनुसार भूमिकालाई प्रभावकारी बनाउन लाग्नुस्।’

प्रचण्डले सकेसम्म संसदीय दलको नेता र पदाधिकारीको चयन संसदीय दलकै छलफलबाट टुंगोमा पुर्‍याउन निर्देशन दिएका छन्। सहमति नजुटेमा प्रदेश पार्टी कमिटीले जिम्मेवारी लिएर निर्णय गर्ने उनको भनाइ छ।

‘दलले तल्लो तहबाट जे निष्कर्ष निकाल्छ, त्यसैका आधारमा केन्द्रले धारणा बनाउने हो,’ प्रचण्डले भने, ‘माथिबाट छुट्टै लाद्ने वा अलग धारणा बनाउने हुँदैन।’

बैठकमा सहभागी सहसंयोजक माधवकुमार नेपालले यस विषयमा कुनै औपचारिक धारणा नराखेको सांसद जिसीले जानकारी दिए। उनका अनुसार नेपालसँग सांसदहरूको परिचयात्मक कार्यक्रममात्र भएको थियो। पदाधिकारी चयनको विषयमा अब छिट्टै छलफल अघि बढाइने पनि उनले बताए।

दुई दलको एकतापछि कर्णाली प्रदेश सभामा नेकपा दोस्रो ठूलो शक्ति बनेको छ। यहाँ एकीकृत समाजवादीका १ जना र माओवादी केन्द्रका १३ जना सांसद रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending