Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन् । 

हालै यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले नेपाल प्राकृतिक, धार्मिक र सम्पदाका दृष्टिले सम्भावना बोकेको मुलुक भएकाले सरोकार भएका निकायले चलचित्र पर्यटन प्रवर्द्धनका क्षेत्रमा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

अभिनेता श्रेष्ठले पाकिस्तानी चलचित्रमा काम गर्दाको समयलाई स्मरण गर्दै नेपाली चलचित्र उद्योगले चलचित्र पर्यटनका क्षेत्रमा पाकिस्तानीले अवलम्बन गरेका कदमहरूबाट सिक्नुपर्ने धारणा राखे । 

'पाकिस्तानी चलचित्रमा अभिनय गर्न क्रममा बढी समय उतै बित्न थालेपछि नेपालको कानुनअनुसार यहाँ चलचित्र छायाङ्कन गर्नुपर्नेमा जोड दिएँ, तर त्यस्तो केही नियम वा कानुन थिएन । पछि ११ वटा विदेशी चलचित्र नेपालमा छायाङ्कन भए । यसले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ,' उनले भने । 

शिक्षाले जीवनका हरेक पक्षलाई सफल बनाउने बताउँदै अभिनेता श्रेष्ठले आफ्नो बाल्यकाल र अध्ययनका पाटालाई स्मरण गरे । 'मैले शिक्षालाई महत्त्व नदिएर धेरै विद्यालय छाडेँ । अहिले लाग्छ पढाइलाई महत्त्व दिएको भए कलाकारितामा अझ प्रभावकारी काम र नतिजा दिन सक्ने थिएँ । हामीले शिक्षालाई बिचमा छोडेर भविष्य र पेसाको पछि लाग्नु,' उनले भने । 

उक्त कार्यक्रममा अभिनेता दीपकराज गिरीले आफ्नो कलाकारितालाई लेखनशैलीले मद्दत गरेको बताए । अभिनयसँगै पात्र निर्माण गर्न सक्नु र उक्त पात्रले बोल्ने संवादमा आफ्नो दक्षता प्रस्तुत गर्न सक्ने भएकाले पात्र प्राकृतिक लाग्ने प्रतिक्रिया पाउने गरेका उनको अनुभव छ ।

'आज मैले पाउने प्रशंसामा लेखनको ठुलो महत्त्व छ । त्यो लेखन मेरो अध्ययन र शिक्षाको प्रतिफल हो । म उत्कृष्ट विद्यार्थी थिइनँ, तर पढाइको महत्त्वलाई बुझेको छु । हरेक व्यक्तिको सफलतामा शिक्षाको ठुलो महत्त्व हुन्छ,' अभिनेता गिरीले भने । उनले सफलताका लागि लक्ष्य प्राप्तिमा अग्रसर हुँदै शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending