Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश

खबरडबली संवाददाता

कम्बोडिया । कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्धविराम गर्ने सहमति भएको बताएपनि थाइ प्रधानमन्त्रीले यसलाई खण्डन गर्दै लडाईँ जारी रहेको बताएका छन् ।

औपनिवेशिक कालको ८०० किलोमिटर (५०० माइल) लामो सीमामा सीमाङ्कन विवादका कारण जारी द्वन्द्वले लगभग आठ लाख मानिसहरूलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन्।

“लडाइँ जारी रहेकोमा मलाई दुःख लागेको छ । म यहाँ छ दिनदेखि बस्दै आएको छु,” ६३ वर्षीय सिन लीपले आइतबार कम्बोडियाको सीमावर्ती प्रान्त बेन्तेय मिनचेयस्थित एक उद्धार केन्द्रमा एएफपीसँग बताए ।

“म लडाईँ बन्द होस् भन्ने चाहन्छु,” आफ्नो घर र गाईवस्तुको बारेमा चिन्तित उनले भने । आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ जसमा १४ थाई सैनिक र ११ जना कम्बोडियाली नागरिक रहेका छन् ।

दुवै पक्षले एक–अर्कालाई झडप भड्काएको, सर्वसाधारणमाथि आक्रमण गरेको र आत्मरक्षाको लागि लडिरहेको दाबी गरेका छन् ।

यसअघि युद्धविराम र थपसम्झौताको समर्थन गरेका ट्रम्पले शुक्रबार दक्षिणपूर्वी एसियाली छिमेकीहरू लडाइँ रोक्न सहमत भएको बताएका थिए ।

थाई नेताहरूले युद्धविरामको कुनै सम्झौता नभएको बताएका छन् र दुवै देशका सरकारले आइतबार बिहान झडप जारी रहेको बताएका छन्।

थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरसन्त कोङसिरीले कम्बोडियाले शनिबार रातिदेखि कैयौँ सीमावर्ती प्रान्तहरूमा बमबारी गरेको बताए । प्रवक्ता कोङसिरीले कम्बोडियाले कैयौँ सीमावर्ती प्रान्तहरूमा आइतबार पनि बमबारी र गोलाबारी गरेको जानकारी दिए ।

त्यसैगरी, कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचिताले थाइल्यान्डले मध्यरातदेखि नै सीमावर्ती क्षेत्रमा मोर्टार र बम प्रहार जारी राखेको बताएका छन्। ट्रम्पको बाचा अनुसार युद्धविरामको सम्झौता पूरा नभएपछि कम्बोडियाले शनिबार थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको छ ।

कम्बोडियाको बेन्तेय मिन्चेयेमा उद्धार स्थलमा अस्थायी पालमुनि बसिरहेकी एक शरणार्थी चेभ सोकुनले थाइल्यान्डमा रहेका आफ्ना श्रीमान् घर फर्कन चाहेको एएफपीसँग बताएका छन्।

सोकुन र उनका छोराले जुलाईमा भएको घातक झडपका क्रममा दशौं हजार अन्य कम्बोडियाली आप्रवासी कामदारहरूसँगै थाइल्यान्ड छोडेका थिए, तर उनकी श्रीमती आफ्नो ‘सहयोगी थाई मालिक’ सँग मालीको रूपमा काम गर्न बसेका थिए ।

प्रान्तको सीमापारि ३८ वर्षीय संगीत शिक्षक वट्टानाचाई कामङ्गमले एएफपीसँग भने, “आइतबार बिहानै अँध्यारो आकाशमा कैयौँ रकेट चलेको देखिन्थ्यो ।” लडाइँकाबीच थाई सेनाले सा काइओ र त्राट प्रान्तका केही भागहरूमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रातभर कफ्र्यु लगाएको छ । संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय समूह आसियानको अध्यक्षका रूपमा मलेसियाले जुलाईमा युद्धविरामको मध्यस्थता गरेका थिए।

गत अक्टोबरमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको संयुक्त घोषणालाई समर्थन गर्दै युद्धविरामलाई लम्ब्याउन सहमति जनाएपछि नयाँ व्यापार सम्झौताको घोषणा गरेका थिए तर थाई सैनिकहरू सीमामा बारुदी सुरुङमा घाइते भएपछि थाइल्यान्डले अर्को महिना यो सम्झौता स्थगित गरेको थियो।

ट्रम्पले गत हप्ता युद्धविरामलाई पुनः सही मार्गमा ल्याउन आफूले ‘केही फोन कल’ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चर्नभिराकुलले शनिबार टेलिफोन गरेर ट्रम्पले युद्धविराम गर्ने वा नगर्ने भन्ने कुरा उल्लेख नगरेको बताएका थिए । अनुतिनले ट्रम्पले अमेरिका–थाइल्यान्ड व्यापार वार्तालाई सीमा द्वन्द्वसँग जोड्ने कुनै सङ्केत नदेखिएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending