काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान निर्वाचन सफलतामा केन्द्रित गर्न सरकारलाई स्पष्ट सुझाव दिएका छन् ।
उनले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अनिवार्य रहेको उल्लेख गर्दै त्यसतर्फ राज्यका सबै संयन्त्र जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचनलाई असर पार्न सक्ने कुनै पनि गतिविधि, निर्णय वा कार्यशैलीबाट सरकार सचेत रहनुपर्ने बताए ।
उक्त जानकारी राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले दिए । राष्ट्रपति पौडेलले तोकिएको मितिमा निर्वाचन सम्पन्न हुनु संविधानको कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले निर्वाचन प्रक्रियालाई प्रभावित नगर्ने गरी सरकारका दैनिक गतिविधि, नीति तथा कार्यक्रम सञ्चालन गर्न समेत सुझाव दिए । साथै, चुनावको वातावरण सहज बनाउन सबै राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनले आपसी समन्वयमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रपतिले निर्वाचनलाई लक्षित गरी अघिल्ला निर्वाचनको अनुभवबाट सिक्दै यसपटक अझ बढी तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायलाई निर्देशन दिएका थिए । शान्ति, सुरक्षा र सुव्यवस्थाको सुनिश्चितताले मात्र नागरिकलाई निर्भीक भएर मतदान गर्ने वातावरण निर्माण हुने उनको भनाइ थियो ।
सो अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनमा देशको समग्र सुरक्षा अवस्था, चुनौती र भावी रणनीतिबारे उल्लेख गरिएको जनाइएको छ ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा उत्पन्न हुन सक्ने आन्तरिक र बाह्य सुरक्षा चुनौतीहरूको यथोचित मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने मूल आधार नै समयमै हुने निर्वाचन भएकाले त्यसको सफलतामा कुनै कसर बाँकी नराख्न सबै पक्षलाई आह्वान गरिन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: