काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेकाले संशयमा परेका यी नेताहरू प्रतिनिधि मनोनयनमा परेपछि केन्द्रीय सदस्य बन्ने बाटो खुलेसँगै उत्साहित देखिएका छन् ।
केन्द्रीय कमिटीमा इन्ट्री गर्न लागेका चर्चित युवा नेतामध्ये एक हुन् काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल । स्पष्ट वक्ता तथा मोटिभेसन स्पिकरका रूपमा परिचित डङ्गोल महानगरमा मेयर बालेन शाहसँगको सम्बन्धमा कहिले पार्टीको पक्षमा, कहिले प्रत्यक्ष टकरावमा र कहिले समन्वय गर्दै पार्टीभित्र आफ्नो स्थान बनाउँदै आएकी छिन् । महाधिवेशन प्रतिनिधि मनोनयनमा परेसँगै उनको केन्द्रीय सदस्य बन्ने सम्भावना बलियो बनेको छ ।
यसैगरी ललितपुर उपमहानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यको सूचीमा चढ्दैछिन् । प्रतिनिधि मनोनयनपछि उनको केन्द्रीय कमिटीमा प्रवेश सुनिश्चित हुने संकेत देखिएको छ ।
यसपटक केन्द्रीय सदस्यमा इन्ट्री गर्ने अर्का चर्चित व्यक्तित्व हुन् सुहाङ नेम्वाङ । १०औँ महाधिवेशनबाट उपाध्यक्ष बनेका सुवास नेम्वाङका छोरा सुहाङ २०८० सालमा बाबुको निधनपछि इलाम–२ बाट उपनिर्वाचन जितेर संघीय सांसद बनेका थिए । महाधिवेशन स्थलमा आकर्षणको केन्द्र बनेका सुहाङ केन्द्रीय कमिटीमा जाने लगभग निश्चित देखिएका छन् ।
त्यसैगरी पार्टीभित्र ‘सेलिब्रेटी’ नेताका रूपमा चिनिने अब्दुस मियाँ पनि केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । मियाँले २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धा गरेका थिए ।
यसका अतिरिक्त बागलुङ एमालेका अध्यक्ष हिराबहादुर केसी पनि यसपटक केन्द्रीय सदस्यमा प्रवेश गर्ने तयारीमा छन् । दोस्रो कार्यकालका अध्यक्ष केसी एमालेभित्र केन्द्रीय सदस्य पदका सशक्त दाबेदारका रूपमा चिनिन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १७:३६
काठमाडौं । भारतीय स्थल सेनाका प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्। उनी आइतबार अपराह्न ४:१५ बजे एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्...
श्रावण ३१ गते, २०८३ - १७:१४
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मुलुक थप राजनीतिक दुर्घटनाको जोखि...
श्रावण ३१ गते, २०८३ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताएका छन् । उनले पञ...
श्रावण ३१ गते, २०८३ - १६:३४
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थि...
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...
श्रावण ३१ गते, २०८३ - १५:५१
बिर्तामोड । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताएका छन् । बिर्तामोडम...
श्रावण ३१ गते, २०८३ - १५:३४
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...
श्रावण ३१ गते, २०८३ - १५:०७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...
श्रावण ३१ गते, २०८३ - १४:४१
काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...



प्रतिकृया लेख्नुहोस्: