Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

एमाले ११औँ महाधिवेशन: सुनिता डङ्गोलदेखि सुहाङ नेम्वाङसम्म केन्द्रीय सदस्यमा इन्ट्री

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेकाले संशयमा परेका यी नेताहरू प्रतिनिधि मनोनयनमा परेपछि केन्द्रीय सदस्य बन्ने बाटो खुलेसँगै उत्साहित देखिएका छन् ।

केन्द्रीय कमिटीमा इन्ट्री गर्न लागेका चर्चित युवा नेतामध्ये एक हुन् काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल । स्पष्ट वक्ता तथा मोटिभेसन स्पिकरका रूपमा परिचित डङ्गोल महानगरमा मेयर बालेन शाहसँगको सम्बन्धमा कहिले पार्टीको पक्षमा, कहिले प्रत्यक्ष टकरावमा र कहिले समन्वय गर्दै पार्टीभित्र आफ्नो स्थान बनाउँदै आएकी छिन् । महाधिवेशन प्रतिनिधि मनोनयनमा परेसँगै उनको केन्द्रीय सदस्य बन्ने सम्भावना बलियो बनेको छ ।

यसैगरी ललितपुर उपमहानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यको सूचीमा चढ्दैछिन् । प्रतिनिधि मनोनयनपछि उनको केन्द्रीय कमिटीमा प्रवेश सुनिश्चित हुने संकेत देखिएको छ ।

यसपटक केन्द्रीय सदस्यमा इन्ट्री गर्ने अर्का चर्चित व्यक्तित्व हुन् सुहाङ नेम्वाङ । १०औँ महाधिवेशनबाट उपाध्यक्ष बनेका सुवास नेम्वाङका छोरा सुहाङ २०८० सालमा बाबुको निधनपछि इलाम–२ बाट उपनिर्वाचन जितेर संघीय सांसद बनेका थिए । महाधिवेशन स्थलमा आकर्षणको केन्द्र बनेका सुहाङ केन्द्रीय कमिटीमा जाने लगभग निश्चित देखिएका छन् ।

त्यसैगरी पार्टीभित्र ‘सेलिब्रेटी’ नेताका रूपमा चिनिने अब्दुस मियाँ पनि केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । मियाँले २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धा गरेका थिए ।

यसका अतिरिक्त बागलुङ एमालेका अध्यक्ष हिराबहादुर केसी पनि यसपटक केन्द्रीय सदस्यमा प्रवेश गर्ने तयारीमा छन् । दोस्रो कार्यकालका अध्यक्ष केसी एमालेभित्र केन्द्रीय सदस्य पदका सशक्त दाबेदारका रूपमा चिनिन्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending