Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

खबरडबली संवाददाता

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै आएकाले सप्तरीका किसानहरू मारमा परेका हुन् ।

नेपाल सरकारले मोटो धानको खरिद मूल्य तीन हजार चार सय  र पातलो धानको खरिद मूल्य तीन हजार ६ सय रूपियाँ प्रति क्विन्टल निर्धारण गरेपनि व्यापारीहरूले किसानहरूसँग सस्तोमा किनेर महँगोमा बेच्न थालेपछि किसानहरू मारमा परेको राजविराज नगरपालिका १ की नविता चौधरीले बताए।

उनले भने, ‘‘किसानले लाखौं लगानी गरेर खेती गरेका छन् । धान भित्र्याएपछि खेती गर्ने बेलामा भएको खर्च सल्टाउनु पर्ने हुन्छ । किसान धान बेच्न व्यापारी कहाँ जादा सकेसम्म कम मूल्यमा धान किन्ने प्रवृत्तिका कारण जिल्लाका किसानहरू मारमा परेका छन् ।’’

यसपालि खडेरी र बेमौसमी धान उत्पादन गर्न बाध्य भएका किसानहरूले धान खेती गर्न गत वर्षहरूको तुल्नामा बढी खर्च र परिश्रम गरेपनि सस्तोमा धान बिक्री गर्न बाध्य हुनुपर्दा किसानहरू मारमा परेको राजविराज नगरपालिका १ का सोमन यादवले बताए।

उनले भने, ‘‘समयमा बर्खा र सिँचाइ नहुँदा पानीको समस्याका कारण भदौ महिनामा धान रोप्न बाँध्य भयौ । महिनाको दुई पटक प्रतिकठ्ठा तीन सय रूपियाँको दरले दुई विघा पटाउनु पर्ने बाध्यता थियोे ।’’

धान उत्पादन गर्न खर्च बढी भए पनि धानको मूल्यभन्दा दुई हजार पाँच सयदेखि दुई हजार ७ सय रूपियाँ प्रति क्विन्टल धान बिक्री गर्न किसान बाध्य भएको उनले बताए।

सरकारले किसानको परिश्रमलाई मूल्याङ्कन नगरेको र किसानको समस्या प्रति चाँसो नदेखाएकै कारण किसानलाई एकपछि अर्को समस्या थपिदै आएको गुनासो उहाँको छ ।

धान खरिदबिक्री गर्ने व्यापारीले सरकारले निर्धारण गरेको धानको मूल्य अनुसार मोटो र पातलो धानको चामलको मूल्य निर्धारण नगर्दा चामल बिक्रीको मूल्य अनुसार धान खरिद गर्दै आएको धान व्यापारी रामप्रसाद यादवले बताए।

नेपाल सरकारले न्यूनतम समर्थन मूल्य ९मिनिमम स्पोर्ट प्राइस० लागतको आधारमा प्रत्येक वर्ष तोक्दै आए अनुसार यस वर्ष पनि मोटो धानको मूल्य प्रति क्विन्टल तीन हजार चार सय र पातलो धानको मूल्य तीन हजार छ सय निर्धारण गरेपनि अहिले जिल्लाका किसानले मोटो धान प्रति क्विन्टल दुई हजार पाँच सय र मसिनो धान प्रति क्विन्टल दुई हजार सात सयमा बिक्री हुँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुन देव राउतले बताए।

सरकारले धानको मूल्य निर्धारण गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान किन्ने जिम्मा दिएपनि कम्पनीले लक्ष्य अनुसार सिमित मात्र धान किन्नाले किसानहरू मारमा पर्न बाध्य भएको उनले बताए।

जिल्लामा राइसमिलहरू सञ्चालनमा रहेको बेला जिल्लाका किसानले धानको मूल्य पाउँदै आएका थिए । तर माओवादी द्वन्द्व कालमा जिल्लाको एक दर्जनभन्दा बढी राइस मिलहरू बन्द भएपछि स–साना व्यापारीलाई किसानले सस्तोमा धान बेच्न बाध्य हुनुपरेको प्रमुख राउतले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending