Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

खबरडबली संवाददाता

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत्रकारलाई सोमबार पक्राउ गरिएको प्रहरीले बताएको छ।

गत वर्ष हसिनाको निरंकुश सरकार र उहाँको अवामी लिगलाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको विद्रोहपछि पहिलो मतदानअघि भएको यो पक्राउपछि एक प्रमुख अधिकारवादी समूहले चासो व्यक्त गरेको छ।

‘टक शो’ र सामाजिक सञ्जालहरूमा प्रचारबाजी गरेको र अवामी लिगको पुनस्र्थापनाको षड्यन्त्र गरेको आरोपमा अन्य तीन जनासँगै वरिष्ठ पत्रकार अनीस आलमगीरलाई आतंकवाद विरोधी ऐन अन्तर्गत पक्राउ गरिएको हो ।

अन्तरिम सरकारले मे महिनामा हसिनाको अवामी लिगलाई आतङ्कवाद विरोधी ऐनमा संशोधन गर्दै प्रतिबन्ध लगाएको थियो, जसलाई ‘ह्युमन राइट्स वाच’ले ‘कठोर’ भनेर निन्दा गरेको थियो। राजधानी ढाकास्थित ‘उत्तरा वेस्ट पुलिस पोस्ट’का इन्चार्ज काजी मोहम्मद रफिकले भने, “अनीस आलमगिरलाई राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको हो ।”

आलमगिरसँगै अन्य तीन जनाको नाम प्रहरी कागजातमा उल्लेख गरिएको छ। पक्रउ पर्ने अन्य व्यक्तिमा अभिनेत्री मेहर अफरोज शान पनि रहेका छन् ।

अधिकारवादी सङ्गठन ऐन ओ सलिश केन्द्रले पक्राउको निन्दा गरेको छ । वक्तव्यमा भनिएको छ, “आतङ्कवादी गतिविधि रोक्नका लागि मूल रूपमा बनेको कानुनको प्रयोग गर्नु अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता कानुनको विरुद्धमा भएको र यो लोकतान्त्रिक राज्यको आधारभूत सिद्धान्त विपरीत हो।”

वक्तव्यमा भनिएको छ, “यो अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो।” बङ्गलादेशमा लामो समयदेखि प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने काम हुँदै आएको छ। हसिनाको कार्यकाल बङ्गलादेशमा मिडिया स्वतन्त्रताको लागि सबैभन्दा खराब अवधिको रूपमा चिह्नित गरिएको थियो।

‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ का अनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रताका लागि १८० देशमध्ये बङ्गलादेश १४९ औँ स्थानमा रहेको थियो । यद्यपि यो सन् २०२४ को १६५औँ स्थानको तुलनामा केही तल झरेको हो ।

आरएसएफले रिपोर्टमा भनेको छ, “सन् २०२५ मा १३० भन्दा बढी पत्रकारहरूलाई ‘निराधार न्यायिक कारबाही’ को अधीनमा राखिएको छ र पाँच जनालाई हिरासतमा लिइएको छ।”

यसलाई शेख हसिनाको पतनपछि भएको राजनीतिक प्रतिशोध भनिएको छ । पक्राउ परेका केही चर्चित पत्रकारहरूमा एकात्तोर टिभीका फरजाना रुपा, शकिल अहमद र मोजम्मेल बाबु तथा स्वतन्त्र पत्रकार शहरयार कबिर र भोरेर कागोज पत्रिकाका सम्पादक श्यामल दत्ता रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending