Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

खबरडबली संवाददाता

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ ।

सहायता कटौति शरणार्थीहरूका लागि अनावश्यक अपमान भएको र यसका कारण उनीहरूको पीडामा तस्कर र राजनीतिज्ञहरूले खेलिरहेको सोमबार बताएका छन्।

निवर्तमान संयुक्त राष्ट्रसङ्घ शरणार्थी प्रमुख फिलिपो ग्रान्डीले भन्नुभयो, “यो वर्ष विश्वका जबरजस्ती विस्थापितहरूका लागि लगातार सङ्कटहरूको विशेष आँधी थियो । सन् २०२५ को मध्यमा ११ करोड ७० लाख ३० हजार मानिस कुनै न कुनै रूपमा सहायताको आवश्यकतामा रहेको अनुमान गरिएको थियो।

उनले सुडान, युक्रेन, गाजा र म्यान्मामा गरिएको ‘व्यापक अत्याचार’ को निन्दा गर्दै सहायताको ‘अचानक, कठोर, गैरजिम्मेवार र अदूरदर्शी कटौति’ प्रति विश्व समुदाय र सङ्घसंस्थाको ध्यानाकर्षण गराए । सहायतामा एक्कासी भएको कटौतिले शरणार्थी जीवन विताइरहेका मानिसहरूलाई अत्यधिक अनावश्यक पीडा दिएको पनि उहाँले दावी गरे ।

पछिल्लो दशकमा जबर्जस्ती विस्थापितहरूको सङ्ख्या झन्डै दोब्बर भएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि अन्तर्राष्ट्रिय सहायताका लागि गरिने रकममा कमी आएको छ । जेनेभामा द्विवार्षिक ‘विश्व शरणार्थी मञ्च प्रगति समीक्षा’ कार्यक्रमको उद्घाटन गर्दै ग्रान्डीले घृणाले नश्लवादी विभाजन फैलाउने विश्वव्यापी सन्दर्भको निन्दा गरे ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) का प्रमुख ग्रान्डीले भने, “यो वर्ष शरणार्थीहरूलाई बारम्बार गाली गरियो, धेरै ठाउँहरूमा बलिको बोको बनाइयो, उनीहरूको पीडालाई तस्करहरूले नाफाका लागि प्रयोग गरे र राजनीतिज्ञहरूले उनीहरूको अवस्थालाई भोट प्राप्त गर्न प्रयोग गरे।”

जेनेभामा तीन दिने भेलामा एक हजार ८०० भन्दा बढी सहभागीहरू भेला भएका छन् र यसले विश्वभरका लाखौँ विस्थापित व्यक्तिहरूको लागि समाधान खोज्ने प्रयास गर्नेछ।

जेनेभास्थित यूएनएचसीआर अन्य धेरै संयुक्त राष्ट्रसङ्घीय निकायहरू जस्तै अन्तर्राष्ट्रिय सहायता कटौतीको कारण काम गर्न कठिनाई भोगिरहेको छ । यसले यस वर्ष करीव पाँच हजार रोजगारी गुमाएको छ, जुन यसको कार्यबलको एक चौथाइभन्दा बढी हो।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा परम्परागत रूपमा विश्वको शीर्ष दाता संयुक्त राज्य अमेरिकाले ठूलो मात्रामा विदेशी सहायतामा कटौती गरेको छ। विश्व बढ्दो विस्थापनको समस्यासँग जुधिरहेको छ।

यूएनएचसीआरको आर्थिक सहयोग यस वर्ष ३५ प्रतिशतले कटौती गरिएको छ ।यसअघि वासिङ्टनले युएनएचसिआरको बजेटको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो । अन्य प्रमुख दातृ राष्ट्रले पनि आफ्नो बजेटमा कडाइ गरिरहेका छन् ।

युएनएचसीआरको १० वर्षको नेतृत्वपछि ग्रान्डीले डिसेम्बरको अन्त्यमा पद छोड्दै छन् ।सन् २०१८ देखि २०२२ सम्म इराकका राष्ट्रपति रहेका ६५ वर्षीय बरहम सलेह शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको उच्चायुक्तका रूपमा नियुक्त हुने भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending