काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वजनिक गर्दै लामो राजनीतिक यात्रालाई औपचारिक रूपमा टुंग्याएका हुन्।
आफ्नो करिब पचास वर्षको राजनीतिक जीवनमध्ये ४४ वर्ष पूर्णकालीन रूपमा सक्रिय रहेर काम गरेको उल्लेख गर्दै अधिकारीले ३३ वर्षसम्म एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरेको जानकारी दिएका छन्। यद्यपि, उनले आफूलाई कहिल्यै नेता नभई सधैँ कार्यकर्ताका रूपमा नै हेरेको बताएका छन्।
“म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ। समाज परिवर्तनका लागि हिँडेको वास्तविक झोले कार्यकर्ता हुँ,” उनले लेखेका छन्, “मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ।”
आफूले इमान, निष्ठा र समर्पणका साथ राजनीति गरेको उल्लेख गर्दै उनले तन, मन र धन दिएर निसर्त र निस्वार्थ रूपमा पार्टीको सेवा गरेको बताएका छन्। “म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मेवारी पूरा गर्ने मेरो कार्यशैली रह्यो,” उनले स्पष्ट पारेका छन्।
असल कम्युनिष्ट बन्ने सपना भए पनि सबै मानक पूरा गर्न नसकेको स्वीकार गर्दै अधिकारीले अब पार्टीका कुनै पनि कमिटी वा निकायमा नरहने निर्णय लिएको जानकारी दिएका छन्। यद्यपि, साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा यथासम्भव योगदान गरिरहने उनको भनाइ छ।
“गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गर्दै, खुसीका साथ ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट विदा भएको छु,” उनले लेखेका छन्।
अधिकारीले आफ्नो लामो राजनीतिक यात्राका क्रममा भएका भूलचुकप्रति क्षमा पनि मागेका छन्।
उनको विदाइ सन्देशलाई पार्टीभित्र एक निष्ठावान् र समर्पित कार्यकर्ताको आत्मसम्मानपूर्ण राजनीतिक अवसानका रूपमा लिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...
चैत्र १६ गते, २०८२ - १८:३५
इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरका...
चैत्र १६ गते, २०८२ - १८:२९
रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...
चैत्र १६ गते, २०८२ - १८:२७
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...
चैत्र १६ गते, २०८२ - १८:२४
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...
चैत्र १६ गते, २०८२ - १८:२०
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...
चैत्र १६ गते, २०८२ - १८:१६
नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...



प्रतिकृया लेख्नुहोस्: