काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा उनी पहिलोपटक बाबु बन्ने तयारीमा छन्।
उनकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको जानकारी सार्वजनिक गरेकी हुन्। उनले पहिलोपटक बेबी बम्पसहितको तस्बिर साझा गर्दै पति शेरधन राईलाई सचिव पदमा निर्वाचित भएकोमा बधाई दिएकी छन्।
जाङ्मुले लेखेकी छन्, “आज पार्टीको सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका मेरा जीवनसाथीलाई हृदयदेखि हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। यो खुसीसँगै, हाम्रो जीवनमा आउँदै गरेको सानो मुटुको धड्कनको खबर पनि तपाईँहरूसँग बाँड्न मन लाग्यो।”
उनले नयाँ जिम्मेवारी, नयाँ सपना र नयाँ जीवनको यात्रामा सबैको माया, आशीर्वाद र शुभेच्छाको अपेक्षा समेत व्यक्त गरेकी छन्।
शेरधन राईले २०७७ साल माघमा जाङ्मु शेर्पासँग विवाह गरेका थिए। उनी कोशी प्रदेशका मुख्यमन्त्री रहेका बेला विवाह भएको हो। त्यसबेला राईको उमेर ४९ वर्ष थियो भने जाङ्मु २३ वर्षकी थिइन्। जाङ्मु शेर्पा सन् २०१८ की मिस मंगोल समेत हुन्।
राजनीतिक सफलतासँगै पारिवारिक जीवनमा पनि नयाँ अध्याय सुरु हुन लागेको खबरले शेरधन राईका समर्थक र शुभेच्छुकहरूमा खुसी छाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: