Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

तस्बिर: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
खबरडबली संवाददाता

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको काम अघि बढाइएको छ।

नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत सञ्चालन भइरहेको बागमती नदी बेसिन सुधार आयोजना – अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना कार्यान्वयनमा छ।

एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको निर्माण कार्य ८ जुन २०२२ मा सुरु भएको हो। परियोजना ५ जुन २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म सञ्चालन तथा सेवा अवधि पनि सुनिश्चित गरिएको छ।

आयोजनाको ठेक्का Passavant–Kalika–SNET–JV ले लिएको छ भने EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोलीले परामर्श सेवाको जिम्मेवारी पाएको छ।

केही दिनअघि सहरी विकास मन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको अनुगमन तथा निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मन्त्री घिसिङले आयोजनालाई समयमै सम्पन्न गर्न र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिएका थिए।

यो आयोजना सम्पन्न भएपछि टुकुचा खोलामा मिसिँदै आएको ढल तथा फोहर पानीको प्रभाव घट्ने, वातावरणीय प्रदूषण न्यूनीकरण हुने र बागमती नदी प्रणालीको समग्र सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा

इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरका...

लुम्बिनी प्रदेश सभाले निकाल्यो सांसद रेखा कुमारी शर्मा पक्राउको सूचना

रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...

मनमोहन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, नयाँलाई अभिमुखीकरणसहित स्वागत

विराटनगर  । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...

उच्च अदालतमा मुद्दा विचाराधीन भएकै कारण बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालतको अस्वीकार

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending