Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद्दा अघि बढाउने निर्णयलाई विधिको शासन र राजनीतिक उपयुक्तता दुवै दृष्टिले स्वागतयोग्य रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले उक्त निर्णयले लामिछानेलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनतामाझ गएर जनअनुमोदन प्राप्त गर्ने तथा सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको कानुनी सम्बोधन पाउने बाटो खोलेको उल्लेख गरेका छन्।

उनले यस प्रकरणलाई लिएर उडन्ते अनुमानबाजी र षड्यन्त्रको सिद्धान्तको पछि नलाग्न सबैलाई आग्रहसमेत गरेका छन्।

भट्टराईले बहुदलीय लोकतन्त्रको मर्म सम्झाउँदै भनेका छन्, “बहुदलीय लोकतन्त्र भनेको दलहरू र व्यक्तिहरूबीच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको फ्युजन हो भन्ने कुरा नबिर्सौँ। प्रतिस्पर्धा गर्दा दुस्मनजस्तो व्यवहार गर्ने र सहकार्य गर्दा आफ्ना फरक–फरक वैचारिक तथा राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौँ।”

उनको भनाइले न्यायिक प्रक्रिया, राजनीतिक मर्यादा र लोकतान्त्रिक अभ्यासलाई एकसाथ अघि बढाउनुपर्ने सन्देश दिएको विश्लेषकहरू बताउँछन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा

इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरका...

लुम्बिनी प्रदेश सभाले निकाल्यो सांसद रेखा कुमारी शर्मा पक्राउको सूचना

रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...

मनमोहन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, नयाँलाई अभिमुखीकरणसहित स्वागत

विराटनगर  । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...

उच्च अदालतमा मुद्दा विचाराधीन भएकै कारण बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालतको अस्वीकार

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...

संविधान संशोधनका लागि सरकारले कार्यदल गठन गर्ने

काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending