Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कञ्चनपुरका किसानलाई उखु काट्न भ्याइनभ्याइ

खबरडबली संवाददाता

कञ्चनपुर । जिल्लामा चिनी तथा गुण उद्योगले उखु क्रसिङ सुरु गरेसँगै कञ्चनपुरका किसान यतिवेला खेतबारीमा व्यस्त देखिएका छन् । बेलौरी–१० शिवनगर, पुनर्वास नगरपालिका–२ दशरथ बस्ती तथा बेलडाँडीका गुण उद्योगहरूले उखु क्रसिङ थालेपछि दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीका किसान उखु काट्न सक्रिय भएका हुन् ।

नगदे बालीका रूपमा रहेको उखु बिक्रीका लागि किसान बिहानदेखि साँझसम्म खेतमै समय बिताइरहेका छन् । सरकारले चालू आर्थिक वर्ष ०८२/८३ देखि उखुको मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँले बढाएर ६२० रुपैयाँ कायम गर्नुका साथै ७० रुपैयाँ अनुदान दिने निर्णय गरेपछि किसान उत्साहित भएका छन् ।

उखु उत्पादक किसान हकहित तथा संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले अपेक्षाअनुसार मूल्य नबढे पनि अघिल्लो वर्षभन्दा सुधार भएकाले किसान खुसी भएको बताए । उनले अनुदान भुक्तानीमा ढिलासुस्ती नगर्न सरकारसँग माग गरे ।

जिल्लाको दक्षिणी क्षेत्रमा चिनी उद्योग स्थापना भएपछि उखुखेती किसानका लागि घरदैलोमै रोजगारी र आम्दानीको मुख्य स्रोत बनेको छ । १५ वर्षअघि बेलौरी र १० वर्षअघि पुनर्वासमा चिनी उद्योग सञ्चालनमा आएपछि उखुखेती विस्तार भएको छ । पहिले किसान भारतमा सस्तोमा उखु बेच्न बाध्य भए पनि अहिले स्वदेशमै बिक्री सहज भएको छ ।

बेलडाँडी–४ का युवा किसान दिलप्रसाद शर्माले उखुखेतीलाई स्वरोजगारको माध्यम बनाएको बताए । उनले आठ बिघा कञ्चनपुर र छ बिघा बर्दियामा उखुखेती गर्दै वार्षिक करिब एक करोडको कारोबार गर्दै आएको बताए ।

त्यस्तै, पुनर्वास नगरपालिका–९ का उखु किसान नारायणप्रसाद जैसीले उखु नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने बताए । बेलौरी–१० का किसान चक्रहादुर कडायतले ३२ बिघामा उखुखेती गर्दै वार्षिक ५०–६० लाखको उखु बिक्री गर्दै आएको जानकारी दिए ।

किसानहरूले मल, बिउ, औषधि र सरकारी अनुदान प्रक्रियामा झन्झट भएको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका दुवै चिनी उद्योगले दैनिक २५ हजार क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्दै आएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending