काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ ।
अन्तरराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारमा जानेका लागि निर्धारित स्वास्थ्य परीक्षण शुल्क अत्यन्तै महंगो भएको उल्लेख गर्दै पछिल्लो पटक भएको शुल्क वृद्धिमा पुनारवालोकन गर्नका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।
“स्वास्थ्य परीक्षण शुल्क चर्को भएको कुरा आएको छ, शुल्क वृद्धि खारेजको प्रक्रियामा जाँदैछौ”, उनले भने । मन्त्रालयले केही समय अघि ६ हजार ५०० रहेको शुल्क बढाएर नौ हजार ५०० बनाएको थियो । मन्त्री भण्डारीले वैदेशिक रोजगारी जानेहरुलाई सीपमुलक तालिम दिने बाहानामा विभिन्न ठगीका घटना बढेको उल्लेख गर्दै सरकारले आफैले तालिम दिने विषयमा पनि सोचिरहेको बताए । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा संयन्त्रगत रुपमा काम सुरु गरिएको पनि उल्लेख गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले मानव अधिकार हरेक श्रमिकको अधिकार भएकाले सम्मानजनक रुपमा श्रम गर्न पाउनुपर्नेमा जोड दिए । श्रमिकको अधिकार सुनिश्चित गर्न वैदेशिक रोजगार व्यवसायी, मानव अधिकार सञ्जाल, संघसस्थालगायत निजी क्षेत्रको हातेमालोबाट मात्रै सम्भव हुने उनको भनाइ थियो ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगारका नयाँ गन्तव्यमा रोजगार गर्न जान पाउने मानव अधिकारलाई राज्यले सहज बनाउनु पर्नेमा जोड दिए ।
मन्त्रालयका उपसचिव महेश पराजुली र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपि) का प्रतिनिधि टेक टमाटाले श्रम र मानव अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । मन्त्रालयले अन्तरराष्ट्रिय आप्रवासन दिवस पुस ७ गतेसम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...
पौष ४ गते, २०८२ - १८:०१
सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
पौष ४ गते, २०८२ - १७:५७
विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानि...




प्रतिकृया लेख्नुहोस्: