रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खुलेको छ । पक्राउपछि सार्वजनिक गरिएको विवरणअनुसार गोली चलाउने व्यक्ति लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय भोग्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका–४ काभ्रे गाउँका ३३ वर्षीय किरण भन्ने लेखराज केसीले मंसिर २० गते दिउँसो करिब १ः३० बजे सुन लुट्ने उद्देश्यले उक्त सुनचाँदी पसलमा गोली प्रहार गरेका थिए । घटनामा पसलमा काम गर्ने १८ वर्षीय दीपक सुनार घाइते भएका थिए ।
अनुसन्धानका क्रममा केसी रूकुम जिल्ला अदालत मुसिकोटबाट २०७७ फागुन २७ गते अफिम ओसारपसार मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला भोगिरहेका कैदी रहेको खुलेको हो । उनी तुलसीपुरस्थित कारागारमा रहँदा भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए ।
प्रहरीका अनुसार गोली प्रहारपछि भाग्ने क्रममा केसीले रा१प २६४९ नम्बरको मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए । प्रारम्भिक बयानमा उनले लमही बजारबाट करिब डेढ करोड रुपैयाँ बराबरको सुनका गरगहना लुट्ने योजना बनाएको स्वीकार गरेका छन् ।
अनुसन्धानमा केसीले आफ्नै भान्जा नाता पर्ने बंगलाचुली–४ का २७ वर्षीय सुमन हौजाली मगरलाई फोन गरी आफूसँग पेस्तोल र छ राउण्ड गोली रहेको जानकारी दिँदै लुटपाटको योजना सुनाएको खुलेको छ । तर, सुमन लुटपाटमा प्रत्यक्ष संलग्न नभएको प्रहरीको निष्कर्ष छ ।
प्रहरीका अनुसार मंसिर १५ गते बिहान केसी बसेको स्थानमा सुत्ने विस्तराको सिरानीमुनि लुकाइ राखिएको सानो पेस्तोल र त्यसमा प्रयोग हुने छ राउण्ड गोली १६ वर्षीय प्रेम चौधरीले देखेका थिए । दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा निवासी चौधरीलाई हतियारबारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएको पनि अनुसन्धानबाट खुलेको छ ।
केसी पुस ४ गते बिहान ७ बजेतिर राजपुर गाउँपालिका–१ स्थित मारुनी खोलाको जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दाङ जिल्ला अदालतबाट पुस ४ गतेदेखि लागू हुने गरी आठ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।
प्रहरीका अनुसार केसी कारागारबाट फरार भएपछि भारतमा लुकेर बसेको र पछि नेपाल फर्किएर लुटपाटको योजना बनाएको खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १८:३५
इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरका...
चैत्र १६ गते, २०८२ - १८:२९
रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...
चैत्र १६ गते, २०८२ - १८:२७
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...
चैत्र १६ गते, २०८२ - १८:२४
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...
चैत्र १६ गते, २०८२ - १८:२०
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...
चैत्र १६ गते, २०८२ - १८:१६
नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...
चैत्र १६ गते, २०८२ - १८:१२
काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...
चैत्र १६ गते, २०८२ - १८:०८
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १६ गते, २०८२ - १८:०६
काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते...
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...



प्रतिकृया लेख्नुहोस्: