विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बताएका छन् । पार्टीको केन्द्रीय समितिले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको जानकारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.कोइरालाले यस्ताे बताएका हुन् ।
विराटनगरमा आज आयोजित ‘नेपाली कांग्रेस र नेपालको यात्रा : हिजो, आज, भोलि—चुनौती, अवसर र सम्भावना’ विषयक युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया भएकाले यसबाट भाग्ने कुनै विकल्प नरहेको स्पष्ट पारे ।
उनले भने, “वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प छैन । तोकिएको समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व हो ।” भयरहित निर्वाचनका लागि सुरक्षा मजबुत हुनुपर्छ ।
डा. कोइरालाले भयरहित निर्वाचनको वातावरण सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । शान्ति–सुरक्षाको अवस्था कमजोर हुँदा निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठ्ने भन्दै उनले जघन्य अपराधमा संलग्न करिब पाँच हजार फरार कैदी पक्राउ, लुटिएका हातहतियार बरामद र प्रहरीको मनोबल उच्च बनाउने काम तत्काल गर्न सरकारलाई सुझाव दिए ।
उनका अनुसार, सुरक्षाको प्रत्याभूति नभएसम्म जनताले स्वतन्त्र रूपमा मतदान गर्न सक्दैनन्, जसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ । कोइरालाले युवापुस्तालाई राज्य सञ्चालनमा निर्णायक भूमिका दिनुपर्ने आवश्यकता औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: