कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको भीषण पहिरोले विस्थापित भएपछि घर्ती परिवारले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बीचमै जग्गा फिर्ता लिएपछि उनीहरू पुनः विस्थापित भए ।
“त्यसपछि चुरे–४ कै टाँकगडा जङ्गलमा बस्न थाल्यौँ,” नवलसिंहले विगत सम्झिँदै भने, “त्यहाँ वन अतिक्रमणको आरोपमा हटाइएपछि कतै जाने ठाउँ रहेन, अहिले यही जङ्गलको छेउमा ओत लागेर बसेका छौँ ।”
सोही स्थानमा बस्दै आएका रतन नाथको पीडा पनि उस्तै छ । डडेल्धुरालाई पुख्र्यौली थलो बनाएका रतन सानैमा अभिभावक गुमाएर रोजगारीका लागि भारत गएका थिए । “म परदेशमा हुँदा आफन्तले मेरो नामको जग्गा आफ्नै नाममा नापी गराएछन्,” उनले भने, “फर्किँदा टेक्ने जमिनसम्म रहेन ।”
विसं २०६० मा चुरे–४ को गुठी जमिनमा बसोबास गरे पनि त्यहाँबाट हटाइएपछि हाल रतन परिवार सूर्यमुखी आधारभूत विद्यालय नजिकैको खेलमैदान छेउ पालमुनि बस्दै आएको छ । “स्कुलले पनि ठाउँ खाली गर्न भनिरहेको छ,” उनले भने, “अब कता जाने थाहा छैन ।”
त्रिपालमुनिको जोखिमपूर्ण जीवन
हाल बालुवागडा क्षेत्रमा १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन् । कतिपय परिवारका अभिभावक रोजगारीका लागि भारत गएकाले घरमा बालबालिका मात्रै छन् । जाडो, वर्षा र विषालु कीरा–फट्याङ्ग्राको जोखिमबीच उनीहरूको जीवन गुज्रिरहेको छ ।
स्थानीय कलि नाथ भन्छन्, ““वर्षायाममा टहरा भित्रै पानी पस्छ, बिच्छीले टोकेर उपचारका लागि दौडिनु परेको छ, तर जाने ठाउँ कतै छैन ।”
गिट्टी कुटेर जीविका
यहाँका महिलाहरू बालुवा खोलाबाट गिट्टी सङ्कलन गरेर जीवन धानिरहेका छन् । “छोराछोरीको परीक्षा शुल्क तिर्न गिट्टी बेच्नुपर्छ,” स्थानीय बुदीसरा सिंजालीले भनिन् । प्रतिघनमिटर रु १,५०० मा बिक्री हुने गिट्टी नै उनीहरूको मुख्य आम्दानीको स्रोत बनेको छ ।
११६ परिवार अझै विस्थापित
चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरका अनुसार २०७७ सालको बाढी र पहिरोलगायतका कारण ११६ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । सुरुमा वन क्षेत्रमा करिब ७ सय परिवार बसेको भए पनि छानबिनपछि ११६ परिवार मात्रै वास्तविक घरबारविहीन पुष्टि भएका थिए । वन कार्यालयले २०७९ मा अतिक्रमण भन्दै हटाएपछि ती परिवारहरू अझै जोखिमपूर्ण अवस्थामा छन् ।
“समस्या गम्भीर छ, तर स्थानीय तहसँग तत्काल व्यवस्थापन गर्ने जमिन छैन,” वडाध्यक्ष मगरले भने । विस्थापित परिवारहरू भने राज्यले सुरक्षित बसोबासको व्यवस्था गर्ने आशामा वर्षौँदेखि पर्खिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: