Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

जेन–जी आन्दोलनप्रति इमान्दारिता देखाउ: गजुरेल

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले जेन–जी आन्दोलनलाई समाजवादी रूपान्तरणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्जागरण र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्न जोडदार आह्वान गरेका छन् । 

फेसबुकमार्फत व्यक्त गरेको लामो विचारमा गजुरेलले वर्तमान राष्ट्रिय संकट समाधान गर्न सक्षम नयाँ कम्युनिस्ट पार्टी निर्माणको ऐतिहासिक आवश्यकता रहेको उल्लेख गरेका छन् ।

गजुरेलका अनुसार, जेन–जी आन्दोलनपछिको अवस्थामा पार्टीहरूभित्र मौलाएको व्यक्ति–केन्द्रित किचलोको अन्त्य गरी विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै नेपाली विशेषतासहितको समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा तयार पार्नुपर्छ। उनले यो केवल संगठनात्मक पुनर्संरचना नभई निर्णायक राजनीतिक क्षण भएको बताएका छन्।

जेन–जी आन्दोलनलाई रूसको १९०५ को विद्रोहसँग पूर्ण तुलना नगर्ने तर नयाँ विश्व परिवेशअनुसारको समाजवादी रूपान्तरणको पूर्वाभ्यासका रूपमा बुझ्नुपर्ने गजुरेलको धारणा छ। उनले औपचारिक समर्थन मात्र पर्याप्त नभई आन्दोलनको स्पिरिटलाई व्यवहारमा उतार्नु वास्तविक परीक्षा भएको जोड दिएका छन्।

संविधान निर्माणपछिका चरणमा राजकीय जिम्मेवारीमा रहेकाहरूको कामकारबाहीप्रति जेन–जीले उठाएका गम्भीर प्रश्नलाई आत्मसात गर्नुपर्नेमा जोड दिँदै गजुरेलले संस्थागत समीक्षा, आत्मालोचना र व्यवहारगत रूपान्तरण आवश्यक रहेको बताएका छन्। उनले संसदवादी जडताबाट मुक्त, सिद्धान्तनिष्ठ र ईमानदार पार्टी पंक्ति निर्माणका लागि चाकरी–चापलुसी र सत्ता–संघर्षबाट अलग रही रचनात्मक सोच र संघर्षशीलताले भरिएका नवयुवालाई नेतृत्वको अग्रपंक्तिमा ल्याउनुपर्ने संकल्प गर्न आह्वान गरेका छन्।

विशेष गरी आगामी संघीय निर्वाचनको सन्दर्भमा गजुरेलले “संक्रमणकालीन विशेष नीति” अन्तर्गत अपवादबाहेक पूर्व प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूलाई प्रत्यक्ष वा समानुपातिक उम्मेदवार नबनाउने निर्णय उपयुक्त र सम्मानजनक हुने सुझाएका छन्। उनीहरूको भूमिका वैचारिक निरन्तरता, संगठनात्मक अनुभव सम्प्रेषण र संस्थागत स्मृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने उनको मत छ। समानुपातिक प्रणालीमार्फत पार्टीभित्र र बाहिरका योग्य, प्रतिबद्ध र जनसरोकारसँग जोडिएका नयाँ क्षमता केन्द्रित चयन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

“जेन–जी आन्दोलनले प्रश्न मात्र उठाएको छैन, उत्तर खोज्न बाध्य बनाएको छ,” गजुरेलले लेखेका छन्, “अब इतिहास टार्ने होइन, निर्माण गर्ने घडी आएको छ। यही नै जेन–जीप्रतिको सच्चा सम्मान र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको बाटो हो।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE