झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले किसानलाई दूधको भुक्तानी नगर्दा उनीहरू पशुपालनदेखि दैनिक घरखर्च व्यवस्थापनसम्म कठिनाइमा परेका हुन् ।
प्रारम्भिक विवरणअनुसार ६० जना किसानको मात्रै रु २२ लाख ६५ हजार २०० रकम सहकारीबाट लिन बाँकी रहेको पुष्टि भएको छ । पीडित किसानका अनुसार अझै धेरै किसानको लाखौँ रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
दूध बिक्रीबाट आउने आम्दानी नै मुख्य स्रोत भएका किसानहरू अहिले पशुका लागि दाना, औषधि खरिद र परिवारको दैनिक खर्च चलाउन समस्या परेको बताउँछन् । लामो समयसम्म भुक्तानी नहुँदा कतिपय किसान थप ऋण लिन बाध्य भएका छन् ।
किसानहरूले सहकारीमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा उजुरीसमेत दिएका छन् । उजुरीमा सहकारीका वर्तमान अध्यक्ष हिमालयप्रसाद दाहाल, पूर्वअध्यक्ष गेहनाथ पोखरेल, पुष्प ढकाल र शान्तिराम भट्टराईलगायत जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी दोषी देखिए कानुनी कारबाही गर्न माग गरिएको छ ।
सहकारीका अध्यक्ष हिमालयप्रसाद दाहालले किसानको दूध बिक्रीबापतको रकम भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरेका छन् । उनले अघिल्लो व्यवस्थापनदेखि नै संस्थाको आर्थिक अवस्था कमजोर बन्दै गएकाले अहिले समस्या देखिएको दाबी गरे ।
“हामी भागेका छैनौँ । सहकारीको जग्गाजमिन र अन्य सम्पत्ति बिक्री गरेर भए पनि किसानको बक्यौता रकम तिर्छौँ,” अध्यक्ष दाहालले भने ।
यता दमक नगरपालिकाको सहकारी शाखाले पनि उक्त संस्थाको गतिविधिमाथि चासो देखाएको छ । सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाईंका अनुसार संस्थाले पछिल्ला दुई वर्षदेखि नवीकरणसमेत गरेको छैन ।
उनका अनुसार सहकारीको साधारण सभा, आर्थिक विवरण र वित्तीय अवस्थाबारे नगरपालिकालाई नियमित जानकारी प्राप्त नभएकाले संस्थाको अवस्थाबारे अध्ययन भइरहेको छ ।
दूध उत्पादन गरेर बजारमा पठाउँदै आएका किसानहरू भने आफ्नो मेहनतको रकम तत्काल उपलब्ध गराउन माग गरिरहेका छन् । सहकारीको कमजोरी र व्यवस्थापन पक्षको विवादका कारण किसानहरू मारमा परेको भन्दै उनीहरूले राज्यका सम्बन्धित निकायबाट छिटो समाधान खोज्न आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: