Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु राज्यका सबै अंग र सम्पूर्ण नेपालीको साझा दायित्व भएको स्पष्ट पारे ।

सोमबार मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति कार्यालय महाराजगञ्जमा भएको भेटमा राष्ट्रपति पौडेलले मुलुकमा थप राजनीतिक खेलवाड अब सह्य नहुने बताए । “फागुन २१ गतेको चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ,” राष्ट्रपति पौडेलले भने, “त्यसैले यो निर्वाचन सफल बनाउनु सबै नेपालीको दायित्व हो । वर्तमान सरकार आफ्नो निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरी बिदा हुनेछ ।”

भेटका क्रममा मानव अधिकार तथा शान्ति समाजले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समयसम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मर्म र नागरिक सर्वोच्चताको विपरीत हुने धारणा राख्दै घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने विश्वास व्यक्त गरेको थियो ।

समाजका प्रतिनिधिहरूले २०८२ भदौ २३ गते जेनजीद्वारा आह्वान गरिएको प्रदर्शनका क्रममा भएको दमन र हत्यापछि उत्पन्न राजनीतिक रिक्ततामा राष्ट्रपति पौडेलले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् । जटिल अवस्थालाई सामान्यीकरण गर्न राष्ट्रपतिको योगदान उल्लेखनीय रहेको उनीहरूको भनाइ थियो ।

भेटमा समाजका सभापति रेनुका पौडेलले भदौ २३ को दमन र हत्याका दोषीमाथि हालसम्म कारबाही नभएको तथा भदौ २४ गते भएको ध्वंसका योजनाकारहरू पहिचान हुन नसकेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिन् । संक्रमणकाल लम्ब्याउने उद्देश्यले विभिन्न कोणबाट चलखेल भइरहेको भन्दै यसले लोकतन्त्र र नागरिक अपेक्षाविपरीत अवस्था सिर्जना गर्ने समाजको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending