काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारूढ नेपाली कांग्रेस एकै मोर्चामा उभिँदा देशको राजनीति निर्णायक मोडमा पुगेको छ । चुनावमा जाने औपचारिक निर्णय गरिसकेको कांग्रेस नै बिस्तारै संसद् पुनःस्थापनाको लाइनमा उभिन थालेपछि राजनीतिक अन्योल थप गहिरिएको छ ।
प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय असंवैधानिक भएको निष्कर्षमा एमाले र कांग्रेस सहमत देखिएका छन् । यही विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हालै भेटवार्ता भएको छ, जसलाई संसद् पुनःस्थापनाको साझा रणनीतिका रूपमा हेरिएको छ ।
एमालेले संस्थागत निर्णय गर्दै ७५ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेको छ । सो रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले राष्ट्रपति, प्रधानमन्त्रीसहित विपक्षी पक्षसँग लिखित जवाफ माग गरिसकेको छ ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसहित आठ सांसदले दायर गरेको रिटमा पनि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरिसकेको छ । अब कांग्रेस र एमाले मिलेर १ सय ३८ भन्दा बढी सांसदको हस्ताक्षर जुटाउँदै संयुक्त रूपमा अदालत जाने तयारीमा छन् । जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीलगायत साना दलको समर्थन जुटाउने प्रयाससमेत तीव्र बनाइएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले निर्वाचनको वातावरण बनाउन असफल भएकाले संसद् पुनःस्थापनालाई विकल्पका रूपमा अघि सारिएको बताएका छन् । तर पार्टीले औपचारिक निर्णय भने नगरेको उनको भनाइ छ ।
यद्यपि कांग्रेसभित्र गम्भीर मतभेद देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको ठूलो पङ्क्ति भने फागुन २१ गते अनिवार्य रूपमा निर्वाचन हुनुपर्ने अडानमा छन् । थापाले संविधान ट्र्याकबाहिर गएको भन्दै समयमै निर्वाचन गराएर जनादेश लिनु अपरिहार्य भएको बताएका छन् ।
उता संसद् पुनःस्थापनाको पक्षमा खुलेका कांग्रेस नेता श्याम घिमिरेले पार्टी निर्णयको पर्खाइ नगरी हस्ताक्षर संकलन गरिएको स्पष्ट पारेका छन् । उनले एमालेसँग निरन्तर संवाद भइरहेको पनि बताएका छन् ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रपतिको संवैधानिक असावधानीकै कारण संसद् विघटन भएको दाबी गर्दै विगतका नजिरका आधारमा तत्काल संसद् पुनःस्थापना गर्नुपर्ने तर्क गरेका छन् । उनका अनुसार यो केवल संसद् विघटन नभई लोकतन्त्र र जनसार्वभौमिकतामाथिको प्रहार हो ।
तर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी भने संसद् पुनःस्थापनाको विपक्षमा उभिएका छन् । दुवै दलले तोकिएकै मितिमा निर्वाचन हुनैपर्ने अडान दोहोर्याएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन सार्ने कुनै पनि प्रयास संविधानविरोधी हुने चेतावनी दिँदै सरकारलाई चुनावबाट नभाग्न सचेत गराएका छन् । रास्वपा सभापति रवि लामिछानेले पनि चुनाव गराउन सरकारलाई सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् ।
प्रमुख दलहरू अदालत र चुनावबीच दोधारमा उभिँदा देशको राजनीति थप अस्थिर बन्दै गएको छ । अब सर्वोच्च अदालतको फैसला र दलहरूको अन्तिम राजनीतिक निर्णयले देश कुन बाटोमा जाने हो भन्ने तय गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १८:३५
इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरका...
चैत्र १६ गते, २०८२ - १८:२९
रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...
चैत्र १६ गते, २०८२ - १८:२७
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...
चैत्र १६ गते, २०८२ - १८:२४
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...
चैत्र १६ गते, २०८२ - १८:२०
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...
चैत्र १६ गते, २०८२ - १८:१६
नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...
चैत्र १६ गते, २०८२ - १८:१२
काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...
चैत्र १६ गते, २०८२ - १८:०८
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १६ गते, २०८२ - १८:०६
काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते...
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...



प्रतिकृया लेख्नुहोस्: