Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

कांग्रेसमा फेरि महाधिवेशन विवाद

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजिक आइपुग्दा पनि क्रियाशील सदस्यताको विवाद टुंगो लाग्न बाँकी रहेकाले महाधिवेशन पछाडि सार्नुपर्ने प्रस्ताव संस्थापन पक्षले गरेको छ ।

इतर पक्ष भने तत्काल नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउनुपर्ने अडानमा छ । जेन–जी आन्दोलनलगत्तै कांग्रेसमा महाधिवेशन गर्नुपर्ने दबाब बढेको थियो । विशेष कि नियमित महाधिवेशन गर्ने र मिति कहिलेलाई तोक्ने भन्नेमा लामो विवादपछि कांग्रेसले २६–२९ पुसका लागि महाधिवेशन तोकेको थियो । तर महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रारम्भिक मतदाता रहेका क्रियाशील सदस्यताको टुंगो अझै लाग्न सकेको छैन । यसैलाई कारण देखाएर महाधिवेशनलाई प्रतिनिधिसभा निर्वाचनपछि सार्न संस्थापन पक्षले प्रस्ताव गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

बुधबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले वडा र निर्वाचन क्षेत्रको निर्वाचन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि चयन र क्षेत्रीय प्रतिनिधिहरूले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गरेपछि केन्द्रीय महाधिवेशन गर्ने बाटो खुल्छ । थापाको प्रस्तावलाई समर्थन गर्दै अर्का महामन्त्री शर्माले पनि दुई तहको अधिवेशनपछि तोकिएको मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । तोकिएको मितिमा महाधिवेशन नभए विशेष महाधिवेशन आकर्षित हुने उनीहरूको भनाइ छ ।

तोकिएको कार्यतालिकाअनुसार महाधिवेशन गराउन पार्टी नेताहरूले नै असहयोग गरिरहेको महामन्त्री थापाको गुनासो छ । उनले कतिपय जिल्लामा नियतवश क्रियाशील सदस्यता फाराम वितरण रोकिएको उल्लेख गरे । ‘फाराम नरोकियोस् भनेर म आफैं काम गरिरहेको छु तर अवस्था हेर्दा महाधिवेशन नगर्ने नियतका साथ क्रियाशील सदस्यता रोकिरहेको देख्छु,’ उनले भने, ‘अब अलमल नगरी वडा, क्षेत्र र सिधै केन्द्रीय महाधिवेशन गर्नुपर्छ ।’ यसमा तयार नहुने हो भने विशेष महाधिवेशन बोलाउने विकल्प जीवित रहेको थापाको भनाइ छ ।

महाधिवेशनको कार्यतालिका संशोधन गर्ने एजेन्डामा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल चलिरहेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले निर्वाचनका लागि तयारी अघि बढाउनुपर्ने भएकाले पार्टी महाधिवेशन निर्वाचन पछाडि गर्नुपर्ने बताए । ‘निर्वाचन फागुनमा हुने भए वैशाख, निर्वाचन वैशाखमा सर्ने भए फागुनमा महाधिवेशन गराउन उपयुक्त हुन्छ’ उनले भने ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले भने निर्वाचन अगाडि पार्टीको नीति र नेतृत्व परिवर्तन नगरे कांग्रेसलाई ठूलो क्षति हुने जिकिर गर्छन् । उनीहरूले वर्तमान नेतृत्वकै हस्ताक्षरमा उम्मेदवार नबन्ने चेतावनी पनि दिएका छन् ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित २९ असोजमा पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो । ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था विधानमा छ । त्यसैले निवेदनअनुसार २८ पुससम्म विशेष महाधिवेशन गर्नुपर्छ ।

विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन बोलाउनुपर्ने बताउँछन् । ‘क्रियाशील सदस्यता टुंग्याउन ढिलाइ भएकाले यसअघिको कार्यतालिकाअनुसार सबै तहको अधिवेशन गरेर केन्द्रीय अधिवेशन गर्न अब सकिँदैन । अब नियमित महाधिवेशन गर्ने विषय पार्टीका लागि पेचिलो भएको छ । विगतमै हामीले महाधिवेशन गराउन नचाहेको शंका गरेर विशेष महाधिवेशनको माग गरेका हौं,’ उनी भन्छन्, ‘तैपनि नियमित महाधिवेशन हुन्छ कि भनेर हामी पनि लाग्यौं । तर केन्द्रीय कार्यसमितिले पार्टी र आम नेता/कार्यकर्तालाई अलमलमा राख्यो ।’ अहिले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय आफूहरूले पर्खिरहेको उनले बताए ।

अर्का नेता सुवास पोखरेलले निर्वाचन अगाडि महाधिवेशन नभए वर्तमान नेतृत्वकै हस्ताक्षरबाट उम्मेदवार नबन्ने बताए । दुई तहको अधिवेशन मात्रै गरेर अझै केन्द्रीय महाधिवेशन गर्न सकिने उनले बताए । ‘समयको चापले अब दुई तहको अधिवेशन गरेर सिधै केन्द्रीय अधिवेशन गर्ने कि त विशेष महाधिवेशन गर्ने हो, योबाहेक विकल्प छैन,’ उनले भने, ‘अरू पार्टी महाधिवेशन गरेर निर्वाचनमा होमिसक्दा कांग्रेस भने तीन महिनादेखि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा समय खेर फालिरहेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending